site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मनाउँदैछन् खेलाडीले दशैं
SkywellSkywell

काठमाडौं । दशैंं नेपालीहरुको सबैभन्दा ठूलो चाड हो । दिन रात अभ्यास तथा प्रतियोगितामा व्यस्त भइरहने खेलाडीले सधै दशैं मनाउन पाउँदैनन् । राष्ट्रका गहना मानिने खेलाडीको दशैंं स्पेशल के हुन्छ ?

समर्थक तथा उनका फ्यानहरूलाई जान्न इच्छा हुन्छ । देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा फरफराउने विभिन्न खेलका ५ कप्तानहरूको २०७४ सालको दशैं योजना के छ ? कसरी मनाउदै छन् त दशैंं ?

विराज महर्जन
कप्तान, नेपाली राष्ट्रिय फुटबल टिम

सबै परिवारसँग घरैमा बस्ने, आफ्नो मुख्य देवताको पुजाआजा गर्ने, विहानदेखि बेलुकासम्म रमाइलो गरेर बसिन्छ । मेरो लागि प्रत्येक बर्षको दशैं रमाइलो लाग्छ । ठूलो बुवा घर आउनु हुन्छ हामी सबै जना घरैमा बसेर रमाइलो गर्छौ ।
मेरो त्यस्तो स्पेसल प्लान त छैन । प्रत्येक बर्ष परिवारसँगै बसेर बनाउने गरेको छु । अघिल्लो बर्ष चाँहि त्यति दशैं पनि मनाउन पाइएन । यो बर्षचाँहि रमाइलो हुनेछ ।

KFC Island Ad
NIC Asia

सानो छदाको दशैंं त्यसै रमाइलो । सानोमा मिठो खाने कुरा खाँदा, नयाँ लुगा लगाउँदा म निकै खुशी हुन्थे । 
आफूभन्दा सानो भाईबहिनीहरूले रमाइलो गरेको देख्दा बालकपनको याद आउँछ ।
बाबाआमाले सानोमा दशैंंका लागि हामी तीन जना दाजुभाइलाई एउटै किसिमको लुगा, जुत्ता किनी दिनु हुन्थ्यो । खानेदेखि सबै कुराहरू हामी दाजुभाईलाई एउटै किसिमको किनी दिनुहुन्थ्यो । पछि अलिक ठूलो भएर चाँहि हामाी रिसाउँथ्यौ । छुट्टाछुट्टै किनिदिनु भनेर । आजभोलि जब दशंै आउछ, सम्झिन्छु, रमाइलो लाग्छ ।

इम राना
कप्तान, नेपाली राष्ट्रिय भलिबल टिम

अफिसले विदा कतिसम्म दिन्छ भन्ने कुरा मुख्य हो । घर (कास्की) गएर मनाउनु कि यहि योजना बनिसकेको छैन । गाउँमा गएर मनाउन पाए दशैंं अलिक रमाइलो हुनेछ । पूर्णिमासम्मको विदा भयो भने चाँहि केही प्लानिङहरू हुन सक्छ ।
दशैंमा आमाको हातबाट टिका लगाउने, आशिर्वाद थाप्ने त्यहि हो । दशैं स्पेशल खासै केही छैन । गाँउ गइनँ भने यहि साथीभाईसँग मिलेर खशी किनेर काट्ने, खाने रमाइलो गर्ने प्लानिङ छ । 

Royal Enfield Island Ad

यो भन्दाअघिको दशैं मैले काठमाडौं मै मनाए । घरमा जुठो परेको थियो त्यसैले यही साथीभाईसँग दशैं मनाएको थिए । 
सानो छदा दशैं आयो भनेपछि माहोल नै अर्कै हुन्थ्यो । रमाइलो फिल हुन्थ्यो । ठूलो बढाकोमा टिका लगाउन जाने, आशिर्वाद थाप्ने, बेसीभन्दा बेसी टिका लगाउन जाने पैसा थाप्ने भन्ने हुन्थ्यो सानोमा । अब अहिले ठूलोबडा तथा जेष्टको हातबाट टिका लगाउने भन्ने हुन्छ ।

सानोमा ठूलोबडाले ठूलो भएस्, राम्रो गरेर खाएस् भन्नु  हुन्थ्यो । उहाँहरूकै आशिर्वादले अहिले यो स्थानमा छु । पैसा भने जति नदिएको भन्दै सानोमा झगडा चाँहि गरिन ।

रुविना क्षेत्री
कप्तान, महिला राष्ट्रिय क्रिकेट टिम

मलाई सबैभन्दा मन पर्ने चार्ड नै दशैं तिहार हो । तर, यसपटक भने मैले दशैं मनाउन नपाउने भए । 
म अहिले बंगलादेशको महिला प्रिमियर डिभिजन क्रिकेट लिग खेल्दैछु । जारी प्रतियोगितामा म रुपाली बेंक क्रिरा परिशदबाट खेली रहेको छु । मेरो लागि यो राम्रो प्लेटफर्म पनि हो । यही प्रतियोगिताको कारण यसपालीको दशैं छुट्ने भयो ।

निकै मिस गर्नेछु दशैंलाई । सानो हुँदा नयाँ नयाँ लुगा लगाउन पाउँदा निकै खुशी हुन्थ्यौ । बालखपनको दशैं पैसा संकलन गर्ने भन्ने पनि हुन्थ्यो । सानोमा दादालाई जति पैसा दियो मलाई पनि त्यति नै दिनु भनेर जिद्दी गर्थे । दादाको पैसा पनि लाने मेरो बानी थियो । अहिले सम्झिदा त्यो बालखपनको यादले निकै हाँस उठ्छ । खुशी लाग्छ ।

सधिश प्रधान
कप्तान, नेपाली राष्ट्रिय बास्केटबल

यो वर्ष चाँहि दशैं मनाइन्छ । विगत दुई बर्ष मैले दशैं पाहिएन । घरमा जुठो लागेको थियो ।
त्यस्तो दशैंं स्पेशल प्लानिङ त छैन । घरैमा आफन्तजनबाट टिका लगाउने साथिभाईसँग रमाइलो गर्ने त्यहि हो । 
बच्चामा हजुरबुवा हजुर आमा इलाममा हुनुहुन्थ्यो । दशैं आउदा हामी टिका लगाउन इलाम जान्थ्यो । घुम्थ्यौ । निकै रमाइलो हुन्थ्यो । पछि उहाँहरू पनि यतै आउनु भयो त्यसैले गाँउ गएको छुइन खासै ।

यतै मनाउदै आएको छौ दशैं । बच्चा बेलामा नै रमाइलो लाग्थ्यो । साथिभाईरूसँग रमाइलो गरिन्थ्यो । दशैं भन्ने वितिकै बुवा ममीले नयाँ लुगा निकिदिनु हुने लगायतका कुराहरू हुन्थ्यो । अहिले छुट्टै किसिमको रमाइलो छ । अहिले दशैं भन्ने वितिकै अर्कै जिम्मेवारी पनि छ । दशैंं तिहारको विचमा विदा मिल्यो भने श्रीमतीसँग बाहिर घुम्न जाने योजना छ । 

हाम्रो दशैं तिहार लामो विदा छ । तर, हाम्रो ट्रेनिङ चाँहि भई रहन्छ । आर्मी क्लबमा आबद्ध भएको ४ वर्षमा लाग्दैछ । अहिले तत्काल प्रतियोगिता त छैन । अब २०१८ तिर १–२ प्रतियोगिता हुन्छ होला । त्यसपछि त हामी २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि क्लोज क्याम्पमा हुनेछौ ।

विनिता बुढाथोकी
कप्तान, नेपाली महिला भलिबल टिम

दशैंं निजिदै गर्दा पनि टिकट नपाउदा सुरुमा घर जादिन कि जस्तो लागेको थियो तर अन्ततः टिकट पाएँ । यो पटक पनि पहिले भन्दा पृथक तरिकाको दशैंं हुनेवाला छैन । त्यस्तो स्पेशल केही छैन ।

अब आउने बर्ष के हो के भनेर यो पटक ठूलो बढाको हातबाट आशिर्वाद लिने छु । बुवा आमाको हातबाट टिका लगाउने हो रमाइलो गर्ने हो, त्यही हो मेरो प्लान । मामा घर पनि गइन्छ दशैंमा सबैसँग भेट हुन्छ ।

यो पटक पहिलेको जतिको रमाइलो अलिक हुदैन कि जस्तो लागेको छ । किनभने यसअघिको दशैंमा हामी सबै जना उपस्थित भएका थियौं । हामी ५ जना दिदिबहिनी नै थियौं यो पटक भने टिकाको दिन म मात्रै हुन्छ र त्यसको भोलिपल्ट एक जना दिदि आउनु हुन्छ ।

विदा त्यति लामो छैन । १८ गते म काठमाडौं फर्कीसक्नु पर्ने हुन्छ । किनभने भारतको दिल्लीमा मदन भण्डारी स्पोर्ट्स क्लबले कात्र्तिक ११ गतेदेखि प्रतियोगिता आयोजना गर्दै छ । त्यसको तयारी पनि गर्नु छ । प्रतियोगितामा नेपालबाट महिलामा एपीएफ र न्यु डायमण्ड तथा पुरुषमा पुलिस र एपीएफ क्लबको सहभागिता रहने छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro