site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : फागुन २५ मा जजिरासँगै अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउला ?
Sarbottam CementSarbottam Cement

बुटवल । भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । मौसमको कारण देखाउँदै जजिराले गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको थियो ।

जजिराले ९ मार्च (फागुन २५)देखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिकासमेत तय भइसकेको छ ।

विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारको अर्बौँ लगानी भएको विमानस्थलमा अन्य एयरलाइन्सको विश्वास र आकर्षण बढाउन पनि नेपाल एयरलाइन्सको उडान नियमित हुनुपर्ने उनीहरुले बताउँदै आएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै संख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार ५९३ जना यात्रुहरु भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरु यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले सेवा लिएका थिए । पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान/अवतरण स्थगित गरेको थियो ।

Global Ime bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले २२ माघमा विमानस्थल अवलोकन गर्दै तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका थिए ।

व्यवसायी र स्थानीयको शंका 

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै एक करोड लगानीमा होटल व्यवसाय गर्दै आएका कमल आचार्यको मनमा नियमित अन्तर्राष्ट्रिय उडानको विषयमा शंका छ । 

सुरूआतकै दिनदेखि उडान भरेको जजिरा एयरलाइन्सले सात महिना सञ्चालन गरेर बीचमै रोक्दा अबको दिनमा नियमित हुनेमा शंका र त्रास बाढेको उनी बताउँछन् । उनी भन्छन, "जे कुराको आशामा करोडौँ लगानी गरेर व्यवसाय गरियो, त्यही कुराप्रति त्रास बढ्न लागेको छ। सञ्चालनमा ल्याइसकेपछि नियमित गर्ने हो भने पर्यटन व्यवसायसहित भैरहवा क्षेत्र चलायमान हुने थियो ।"

भाइलाई विदेश पठाउन भैरहवाबाट टिकट काटेका सागर क्षेत्री एयरलाइन्सले काठमाडौ बोलाएको बताउँछन् । उनले सेवा दिने भनेर सुरु गरेको काम रोक्दा जनताले सास्ती खेप्नुपरेकोमा आक्रोश पोखे ।

"भाइलाई विदेश पठाउन भैरहवाबाट टिकट काटेको थिएँ । एयरलाइन्सले फोन गरेर काठमाडौं बोलायो । बसमा गएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाए," उनले भने, "जनताले दुख पाउने काम त गर्नु भएन नि ।"

स्थानीय भुवन भण्डारी पनि विमानस्थल नियमित सञ्चालन हुने भन्दा निकै खुसी लागेको भए पनि अनियमित हुँदा निराशा पैदा गरेको बताउँछन् । अब नियमित उडान भएमा यस क्षेत्र आर्थिक रुपले चलायमान हुने बताउँछन् ।

यस्तो छ समस्या

विमानस्थल सञ्चालनमा भारतसँग सिधा एयर रुट छैन । भारतसँग हाल एकतर्फी मात्र रुट भएकोले समस्या भएको विमानस्थलका अधिकारी बताउँछन् ।

यस्तै, भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने व्यवस्था पनि छैन । इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनमा ल्याउन पनि भारतका कारण समस्या छ । आईएलएस कम भिजिबिलिटीमा पनि विमान उडान/अवतरण गर्न सकिने उपकरण हो ।

पछिल्ला दिनमा विमानस्थलको भविष्यलाई लिएर सर्वत्र चिन्ता छ । सञ्चालनमा आएको छोटो समयमै बिजनेसविहीन भएपछि चिन्ता बढेको हो । विमानस्थल लक्षित गरेर व्यवसायीले गरेको अर्बौं लगानीबारे पनि अहिले बहस भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC