site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अस्ट्रेलियाको तासमेनियामा नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम प्रस्तुति 
Ghorahi CementGhorahi Cement

होबार्ट । अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ । अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोस्रोपटक यस सहरमा पाएर रमाएका नेपालीले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।

अघिल्लो दिनमात्र एबीसी रेडियोको विहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई ‘विश्व दर्शकमाझ नेपालको के पप ब्याण्ड जस्तै हो ?’ भनेर प्रश्न गरेका थिए । त्यतिबेला रेडियो अन्तवार्तामा उपस्थित ब्याण्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले कोरियाली ब्याण्ड ‘के पप’ को उदय र उत्थानको बारेमा ब्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको प्रष्ट पारेका थिए । नेपथ्यको आत्मा नेपाली लोक संगीतसँग मिलेको जानकारी दिँदै किरणले विश्वभर विस्तार हुँदै गरेको नेपाली समुदायले यस ब्याण्डको उपस्थितिलाई आफ्नो पहिचानको स्वाद मानेर रमाउने गरेको उल्लेख गरेका थिए ।

Agni Group

शुक्रबार स्थानीय समय अनुसार बेलुकीको ठीक ९ बजेदेखि कन्सर्ट सुरु भएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो ।    


दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघिबढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो ।

Global Ime bank

स्थानीय ‘रेडियो होबार्ट’की कार्यक्रम सञ्चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन् ।

कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुति थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC