site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रो एलआईसी नेपाल मिडिया अवार्डमा ताम्राकार र दाहाललाई पत्रकारिता सम्मान  
Tiktok banner adTiktok banner ad

काठमाडौं । ड्रिम हाई नेपालले आयोजना गर्ने दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९मा संचारकर्मी कृष्णा ताम्राकार र भुषण दाहाललाई सम्मान गरिने भएको छ । ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घसाधना सम्मान) र दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने भएको हो । 

एघार विधामा नगदसहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिएको थियो । “नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्दै आएका छौँ,” अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले भने । 

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट तीनको नामावली जुरी समूहमा रहने गरी सोही कार्यक्रमकै दिन सार्वजनिक गरिने आयोजकले जनायको छ । 

दोस्रो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उद्यमी तथा समाजसेवीलाई पनि सम्मान गरिने जिसीको भनाइ छ । कार्यक्रम फागुन ७ गते हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro