site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘निफ’को जुरीमा को–को भए मनोनीत ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चैत २ देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ कमिटीले पूर्णता पाएको छ । पछिल्लो पटक फिचर फिल्मतर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनीत भएका छन् । उनी अभिनेता, लेखक र निर्माता हुन् । जेफ मोनाहानको मनोनयनसँगै फिचर फिल्मतर्फको जुरी कमिटीले पूर्णता पाएको छ । 

यसअघि यस विधाको प्रमुखमा भारतीय चलचित्रका समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन् । 

छोटा तथा बृत्तचित्रतर्फको जुरीमा प्रा. डा. इतामी बोर्जन मनोनीत भएकी छन् । उनी चलचित्र विशेषज्ञ र शिक्षाविद् रहेकाे निफले जारी गरेकाे प्रेस नाेटमा उल्लेख छ । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन् । प्रा.डा. इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्मतर्फको जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन प्रा. लि रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनीत भइसकेका छन् ।  

यस वर्ष ‘निफ’मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जारी गरेको प्रेस मिटमा उल्लेख छ । ‘निफ’मा एक दर्जन रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया)समेत आयोजना गरिने निफले जनाएकाे छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro