site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित (तस्बिरसहित)

काठमाडौंं । कुशल भुर्तेलले कीर्तिमानी इनिङ्स खेलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध कीर्तिमानी विजय हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सफलतापूर्वक पूरा गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो । नेपालले यसअघि सन् २०१९ मा कीर्तिपुरमै युनाइटेड अरब इमिरेट्स (यूएई)ले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।

Nepali Cricket 1fdt1676374432.jpg

Dabur Nepal
NIC Asia

नेपाललाई कीर्तिमानी जित दिलाउन ओपनर कुशल भुर्तेलले ११५ रन बनाए । कुशलले ११३ बलमा १० चौका र चार छक्का प्रहार गरे । यस्तै, कप्तान रोहितकुमार पौडेलले ७६ बलमा सात चौका र तीन छक्कासहित ७२ रन बनाए ।

नेपालका लागि सन्दीप जोराले २९, ज्ञानेन्द्र मल्लले २५, दीपेन्द्रसिंह ऐरीले सात र कुशल मल्लले ६ रन बनाउँदा अर्का ओपनर आसिफ शेख भने डक आउट भए । करण केसी २० र सोमपाल कामी चार रनमा अविजित रहे ।

सन्दीप लामिछाने गोल्डेन डक भए । 

Sandeep 11676374564.jpg

नामिबियाका रुबेन ट्रम्पेलम्यान र यान निकोल लोफ्टी इटोनले समान तीन विकेट लिए । बर्नार्ड स्कल्ज र टाङ्गेनी लुङ्गामेनीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनायो । नामिबियाका माइकल भान लिगेनले १३७ बलमा नौ चौका र पाँच छक्कासहित १३३ रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका लिगेनको यो नै अहिलेसम्मको व्यक्तिगत उच्च स्कोर पनि हो ।

कप्तान जेरार्ड इरास्मसले ५६ रन बनाए । लिगेनले तेस्रो विकेटका लागि कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । यसबाहेक जन ग्रिनले ३४, कार्ल बिर्केनस्टोक र जान फ्राइलिङ्कले समान १३ रन जोड्दा रुबेन ट्रम्पेलम्यानले ११ रन थपे ।

Nepali Cricket 121676374437.jpg

नेपालका करण केसीले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले एक मेडनसहित ६१ रन खर्चिए । ६ महिनापछि राष्ट्रिय टिममा ‘कमब्याक’ गरेका सन्दीप लामिछानेले तीन विकेट लिए । कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए । 

जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । यस्तै, ३१ खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक जोडेको छ ।

Nepali Cricket 1f dg1676374437.jpg

रोहितको पार गरे एक हजार रनको कोशेढुंगा

कप्तान रोहितकुमारले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली खेलाडी बनेका छन् । 

मंगलबार नामिबियाविरुद्ध खेल्नुअघि रोहितले ९४५ रन बनाइसकेका थिए । रोहितले नामिबियाविरुद्ध २६औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै एक हजार रन पूरा गरेका हुन् । रोहितले ३३ इनिङ्समा यो कोशेढुंगा पार गर्न सफल भएका हुन् । २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका रोहितले ६ अर्धशतक र एक शतक बनाइसकेका छन् ।

rohit kumar poudel11676365458.jpg

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । रोहित मंगलबार ७२ रन बनाएर आउट भए । उनले ७६ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहितले एक हजार १७ रन बनाइसकेका छन् । यसक्रममा उनले ७० चौका र १८ छक्का प्रहार गरेका छन् । 

रोहितपछि धेरै रन बनाउँनेमा ज्ञानेन्द्र मल्ल छन् । पूर्व कप्तान ज्ञानेन्द्रले ७३४ रन बनाएका छन् । तेस्रो स्थानमा आसिफ शेख छन् । आसिफले ६५५ रन बनाएका छन् । 

कीर्तिमानी साझेदारी

रोहितकुमार पौडेलले मंगलबार ओपनर कुशल भुर्तेलसँग मिलेर अर्को पनि कीर्तिमान बनाए । रोहित र कुशलले नेपालबाट सबैभन्दा धेरै रनको साझेदारी गरे । कुशल र रोहितले नामिबियाविरुद्ध तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरे । 

Nepali Cricket 11676373815.jpg

रोहितले ७६ बलमा ७२ रन बनाएका थिए भने कुशलले ११५ रन बनाए । 

यसअघि यो कीर्तिमान दीपेन्द्रसिंह ऐरी र देव खनालको नाममा थियो । दीपेन्द्रसिंह र देवले कीर्तिपुरको त्रिवि मैदानमै पीएनजीविरुद्ध तेस्रो विकेटकै लागि १२९ रनको साझेदारी गरेका थिए । 

Nepali Cricket 1f1676373813.jpg

कुशलको कीर्तिमानी शतक

ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् । उनले ४१औँ आन्तिम बलमा शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा कुशलले ९९ बलमा ९ चौका र चार छक्का प्रहार गरे । कुशल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि बनेका छन् ।

यससँगै एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय दुवै स्वरूपमा शतक बनाउने नेपालको तेस्रो खेलाडी बनेका छन् । कुशलले गत वर्ष ओमानमा सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध अविजित १०४ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको त्यो पहिलो शतक हो । 

331187566_1154198935114464_6054828471273498762_n1676372218.jpg

यसअघि पूर्व कप्तान पारस खड्का र दीपेन्द्रसिंहले मात्र एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय गरी दुवै संरचनामा शतक बनाएका थिए । 

करणको पाँच विकेट

करण केसीले १० ओभरमा एक मेडन राख्दै ६१ रन दिएर पाँच विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणले एकै इनिङ्समा पाँच विकेट लिएको यो तेस्रोपटक हो । यससँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीनपटक पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी बनेका छन् । 

करणले अन्तिम बलमा बेनार्ड शोल्टजलाई रोहित पौडेलबाट क्याच गराउँदै पाँच विकेट लिएका हुन् । यसअघि गत जुनमा ओमानविरुद्धको दुवै खेलमा समान पाँच विकेट लिएका थिए ।

एकदिवसीय क्रिकेटमा करणपछि सन्दीप लामिछानेले एकै इनिङ्समा दुईपटक पाँच विकेट लिएका छन् । सन्दीपले २०२० फेब्रुअरीमा कीर्तिपुर मैदानमै अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए । सन्दीपले २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पनि ६ विकेट लिएका थिए । 

अर्का बलर सोमपाल कामी पनि एक पटक पाँच विकेट लिएका छन् । नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । सोमपालले २०१९ मा यूएईविरुद्ध ५ विकेट लिएका थिए ।

kushal bhurtel11676365044.jpg

नामिबियाका मिचेल भान लिगेनको शतक गयो खेर

नामिबियाबाट तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मिचेल भान लिगेनले १३३ रन बनाए । उनले १३७ बलमा ९ चौका र पाँच छक्कासहित १३३ रन बनाएका हुन् । लिगेनले ११८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लिगेनको तेस्रो शतक हो । 

Nepali Cricket 1fdgdg1676374436.jpg

यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए । लिगेनलाई करणले दीपेन्द्रसिंहको हातबाट क्याच गरेका थिए । नामिबियाले ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाएको थियो । 

Nepal Cri1676373816.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro