site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महेश र बिनिताको ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको नेपाली कथानक चलचित्र ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ । 

चलचित्रले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ । निर्देशक सापकोटाका अनुसार चलचित्र सत्यकथा प्रेरित हो तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

चलचित्रमा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका र बिनिता थापा मगर मियाको चरित्रमा रहेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 
‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो । यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यो चलचित्र फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो । 

चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ ।
चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेका चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro