site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कस्तो बन्नेछ सिद्धबाबा सुरुङ मार्ग– डिजाइन प्रतिवेदनको स्वीट्जरल्यान्डमा थप अध्ययन हुँदैछ !
Sarbottam CementSarbottam Cement

बुटवल । ‘मृत्युमार्ग’को पहिचान बनेको रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ ।

रुपन्देहीबाट पाल्पा प्रवेश गर्ने विन्दुमा रहेको ठूलो पहाडको खोँचमा बनेको सडक कहिले माथिबाट झरेको पहिरो त कहिले तलबाट सडक नै भासिने गरी जाने पहिरोका कारण सधैँजसो अस्तव्यस्त हुने गर्छ ।

रुपन्देही हुँदै पाल्पा, स्याङ्जा, कास्की, पर्वत, गुल्मी, बाग्लुङदेखि मुस्ताङसम्म पुग्ने उक्त सडकखण्डमा बेला बेलामा खसेको पहिरोले धेरैजनाको ज्यान लिइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त पहाडमा रहेको पहिरो छल्नका लागि सुरुङ मार्गको योजना बनाइएको थियो । सोही योजना अनुसार सबैभन्दा पहिलो चरणमा ठेक्का दिएर डिजाइनको काम सकिएको छ ।

सिद्धबाबामा सुरुङ मार्गको निर्माण ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनको प्रतिवेदनमाथि अहिले विदेशमा अध्ययन भइरहेको छ ।

Global Ime bank

चाइना कम्पनीले पेस गरेका अरू धेरै अध्ययन प्रतिवेदन नेपाल सरकारका इन्जिनियरहरूले अध्ययन गरेसँगै स्विजरल्यान्डबाट आएको प्राविधिक टोलीले लिएर गएको सिद्धबाबा सुरुङमार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले बाह्रखरीलाई जानकारी दिए । 

ठेक्का पाएको नौ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता थियो । 

siddababa (1)1676000553.jpg

सोहीअनुसार डिजाइन पेस गरेको नेपाली विज्ञतर्फ हर्ने काम सकिएसँगै अहिले स्विजरल्यान्डबाट आएको प्राविधिक टोलीले आफ्नै देशमा लगेर अध्ययन गर्न थालेको हो । 

यो डिजाइनको प्रतिवेदन हामीले मात्र हेरेर नहुने भएकाले स्विजरल्यान्डबाट आएको टोलीले पनि लगेको परियोजना प्रमुख एसीले बताए । 

“उनीहरू आएर केही दिन मन्त्रालयमै बसेर प्रतिवेदन लगेका छन्,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “छिट्टै फिर्ता गर्ने हामीलाई जानकारी दिएका छन् ।”

उनीहरूले अध्ययन गरे पनि केही सच्याएर आएमा त्यसअनुसार जाने तयारी छ ।

एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु गरेर बुटवलको चिडियाखोला रामापिथेकस पार्कसम्म ल्याइने छ । 

त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइन तोकिएको समयमै पेस गर्नुका साथै अन्य साइटका काम पनि धमाधम गरेको निर्माण व्यवसायी तर्फका इन्जिनियर क्षितिज खनालले बताए । 

अहिले निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत् लैजाने काम, ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नका पानीट्याङ्की निर्माण गर्नेजस्ता काम भएका छन् । 

२०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूला दुर्घटना हुनेगरेको छ । 

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान लाग्ने गरिएको छ । 

स्विस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । 
सुरुङ मार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको  हो । ठेक्का लगाएको १० करिब महिना पूरा भएको छ । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक खण्डमा पछिल्लो दशकमा ५० जनाभन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । 

ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यही खण्डमा ३–४ जना यात्रुले ज्यान गुमाउनुपरेको छ । 

सवा चार वर्षभित्र निर्माण सक्ने लक्ष्य

विभागले उक्त कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेको थियो । त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ, अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ । 

ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ । 

siddababa (2)1676000553.jpg

निर्वाध चल्नेछन् सवारी

बुटवल–पाल्पा सडक खण्डमा सुरुङमार्ग निर्माण चलिरहँदा पनि निर्वाध रुपमा सवारी चल्ने आयोजना प्रमुख एसी बताउँछन् । 

सुरक्षाको विषयमा निकै संवेदनशील रहेको बताउँदै असुरक्षा बढ्ने भएमा समय तोकेर सवारी सञ्चालन गरिने उनले बताए । 

यस्तो हुनेछ सुरुङमार्ग

सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ ।  यसमा नागढुंगा टनेलमा जस्तो छुट्टै आकस्मिक सुरुङमार्ग भने हुने छैन । 

आकस्मिक अवस्थाका लागि भनेर छुट्टै तीनवटा सहायक सुरुङमार्ग बनाएर बाहिरी सडकमा जोडिनेछ । 

त्यहाँको भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै रकसेड नामको संरचना बनाइनेछ, संरचनाको आकार छाताजस्तो हुनेछ । 

त्यसले माथिबाट आउने पहिरोलाई सडकमा नभएर सीधै तल्लो भागमा पुर्‍याउनेछ ।

आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी ईपीसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो ।  

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो । 

ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । 

चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडीसीको प्राविधिक टोलीलाई पठाइएको छ । 

उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । 

चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ ।

त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC