site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
एउटी नर्सको भोगाइका एक दशक

स्वास्थ्य जीवन हो । सम्पत्ति हो । अमूल्य सम्पत्ति ।

शरीरको कुनै अंग या प्रणालीले आफ्नो धर्म छाड्नेबित्तिकै जिन्दगीको गाडी हल्लिन थाल्छ । यस्तै गाडीको पाटपुर्जा ठीक पार्ने पेसामा  लागेको ११ वर्ष बितेछ । बिरामीहरू अस्पताल आएर उपचारपछि निको भएर जाँदा त्यो अनुहारमा देखिएको मीठो मुस्कान र ती थाकेका तीखा आँखामा देखिएको चमकले आत्मालाई सन्तुष्टि दिने कुरामा कुनै सन्देह नै छैन ।

अफसोस, सबै बिरामी निको भएर घर जान आएनन् । कोही अस्पताललाई ट्रान्जिट बनाएर स्वर्गको बाटो लाग्न आए । चाहेर हैन बाध्यताले । विडम्बना – उमेर पुगेर हैन, कालगतिले ।  

बितेका दिनहरूमा धेरैपटक यी आँखा रसाए । 

कहिले बिरामीले जिन्दगी फिर्ता पाउँदाको खुसीसँगै त कहिले गुमाउँदाको शोकसँगै । कहिले ती आमाको आँखामा देखिएको आशाको किरणसँगै त कहिले हार खाएर निधारको पसीना पुछ्दै बाबुले खोलेको शिरको टोपीसँगै । 

Global Ime bank

कहिले १ दशक बाँझोपनले विह्वल पारेर भर्खरै भरिएको त्यो न्यानो काखसँगै त कहिले भर्खरै १८ घन्टा प्रसव पीडाले थाकेर रित्तिएको काखसँगै ।  

कहिले फोनमा आफ्नो श्रीमतीसँग बोल्न पाएर खुसीले कामेको त्यो मधुरो स्वरसँगै त कहीले आँसु पुछ्दै कागजमा डी. एन. आर. सही गरेको त्यो हातसँगै ।

 र, कहिले धन्यवादरूपी मिठाइका पोकासँगै त कहीले दोषारोपणले भरिएका तथानाम गालीसँगै ।

समय बित्यो । काम गर्ने  ठाउँ फेरियो । अनुभूतिउस्तै, पीडाउस्तै, खुसीउस्तै ।  हाम्रो पेसामा, “इम्प्याथी इज द की” भनिन्छ ।

दिनभरको तीतोमीठो अनुभवलाई सर्लक्क जुत्तासँगै ढोकाबाहिर फुकालेर हँसिलो भएर आफ्नासँग प्रस्तुत हुनु कुनै ठुलो युद्ध जितेकोभन्दा कम हुँदैन ।    

अमेरिका निवासी ६३ वर्षकी आमा शय्यामा छिन् । मैले आईसीयुबाट भर्खरै डिटेल्ड रिपोर्ट लिएर फ्लोरमा भ  गरेको । सामान्य हिँडडुल गरेर आफ्नो दिनचर्या बिताइरहेकी उनीलाई एक्कासि सिजर आएछ । तत्काल ई. एम. एस. ले (इमर्जेन्सी मेडिकल सर्भीस) अस्पताल पुर्यायो ।

अस्पताल ल्याउँदा उनको मुटुको धड्कन बढेर १८० पुगेको रहेछ । कृत्रिम स्वास दिएर केही दिन भेन्टीलेटरमा राखेपछि अलिकति राम्रो भएर फ्लोरमा  सारियो ।

ठूलो मोटो शरीर, गलेको अनुहार, भित्र धसिएका आँखा । हातले इसारा गर्दै सुकेको मधुरो स्वरमा केही भन्न खोजेजस्तो लाग्यो ।

उनी बाई.प्याप  मसिनतिर आँखा तन्काउँदै थिइन् । कान नजिकै लगेँ “यो मास्क लगाइदेउ, म सुत्छु” भनेकी रै’छिन् ।

सुत्दा श्वास नरोकियोस् भनेर स्लिप याप्निया को बिरामीलाई यस्तो मेसिनमा राखिन्छ । मैले उनले भनेबमोजिम गरिदिएँ । नाकमा पोषणको लागि एन / जी ट्युब लगाइएको थियो ।

वास्तव मै लाग्छ यो विज्ञान चमत्कार नै हो ! श्वास रोकिँदा कृत्रिम श्वास दिइन्छ । रोकिएको मुटुलाई अनेक गरेर चलाइन्छ, त्यति नभएर काम नलाग्ने अंग झिकेर स्वस्थ अंग प्रत्यरोपण गरिन्छ ।

दन्त्यकथामा सुनिएका अद्भूत् चमत्कारहरू आँखा अगाडि भए झैँ लाग्छ । मानवले हत्या हिंसामात्र गरेको छैन, ज्यान पनि जोगाएको छ । यो युगमा पनि देउता र दानव उत्ति नै छन् ।

ती आमाले भनेअनुसार  बेडमा सुत्न सजिलो बनाएर कपडा ओढाइदिएँ । निधार उज्यालो देखियो I मुसुक्क हाँसिन् र मेरो हात समातिन् । यत्तिकैमा फोनको घन्टी बज्यो । उनकै श्रीमान्को फोन थियो । 

“हाउ ईज माई वाईफ ? आई वाज टोल्ड द्याट सी ह्याज बिन मुभ्ड फ्रम आईसीयु I” 

जवाफमा मैले आफ्नो ज्ञानले भ्याएसम्म विस्तृत जानकारी दिएँ । उनी ढुक्क भए । धेरैपटक धन्यबाद दिए ।  

चार दिनपछि काममा जाँदा मलाई फेरि तिनै आमा असाइन गरिएको थियो । दुवै हातहरू बेडको साइड रेलमा बाँधिएका थिए । आँखा खोल्दै, बन्द गर्दै गरिरहेकी थिइन् ।

बाई.प्याप मसीन टुट्-टुट्-टुट् कराइरहेको थियो । सोडिएम बढेर १६५ पुगेछ, रगतमा कार्बनडायोक्साइड को मात्रा बढेर ७४ पुगेको रहेछ । उनको हालत ४ दिनअघिको भन्दा धेरै नै फरक थियो । मैले नजिकै गएर उनको हात समातेँ ।

चिसा हातले सकेसम्म कस्सेर समात्न खोजिन् । त्यो कसाइमा उनको आक्रोश झल्किन्थ्यो । म विवश थिएँ । उनलाई त्यो बन्धनबाट मुक्त गर्न असमर्थ थिए ।

अक्सिजनको मास्कभित्रबाट केही भन्न खोजिरहेकी थिइन् । मलाई बुझ्ने इच्छा जाग्यो । उनलाई लगाईदिएको मास्क एकैछिनलाई खोलिदिएँ । 

उनले मुख खोल्नेबित्तिकै मेरो मुटु चिसो भयो । आफ्नो पेसाप्रति दिक्दार लागेर आयो । ग्लानि भयो । जिब्रो एउटै डल्लो भएको थियो ।

खस्रो ढुङ्गाजस्तो देखिन्थ्यो । बोली लठेप्रो भएको थियो । मैले केही बुझिन । राति डरलाग्दो सपना देखेर ब्युझिँदा, सुकेर स्वर निकाल्न गाह्रो हुँदाको छट्पटि मेरो आँखा अगाडि नाचिरहेको थियो ।

आत्माले भन्यो - उनी पानी मागिरहेकी छिन् । स्पञ्जमा थोरै पानी चोबेर उनको मुख भिजाइदिएँ । चराको बच्चाले जस्तो छिटोछिटो मुख खोलिन् ।

खासमा त्यसरी पानी दिन जोखिम हुन्छ । बिरामीले निल्न नसकेको खण्डमा फोक्सोतिर गई तत्काल मृत्यु हुनसक्छ ।

तर, मेरो त्यतातिर ध्यान नै गएन । मनलाई सुने । म उनलाई पानी निरन्तर खुवाइरहेको थिएँ । उनको मुख रसाइरहेको थियो, सँगसगै मेरा आँखा ।

मैले उनका हातहरू खोलिदिएँ । फेरि च्याप्प मेरो हात समातिन् । त्यसपटक त्यो अघिको आक्रोश पटक्कै थिएन ।

लाग्थ्यो उनले मलाई चिनिन् । मलाई विश्वास गरिन् । मेरो हात छाड्न चाहिनन् । उनको पतिको फेरि फोन आयो । धेरै नै अत्ताल्लिएको सुनिन्थ्यो ।

म नि:शब्द भएँ ! डाक्टरसँग कुरा गराइदिन्छु भनेर फोन राखेँ ।  भागवान तिमी धन्य छौ ! यो पेसामा मलाई पठाएर कसैको सहयोग गर्न लायक बनाएकोमा म धेरै नै आभारी छु । 

आज छुट्टी छ । बिहान सहकर्मी साथीले म्यासेज गर्यो - उनले विश्राम लिइछन् । मेरो कानमा उनकै पतिका प्रश्नहरू गुञ्जिरहे । म टोलाइरहेँ………. !


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu