site stats
विदेश
टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५,२०० नाघ्यो

काठमाडौं । टर्कीको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँचहजार दुईसय नाघेको छ । टर्की र सिरिया गरेर नेपाली समयअनुसार मंगलबार रातिसम्म पाँच हजार २६१ जनाको मृत्यु भएको छ ।

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

S.A.U
Agani Group

विश्व स्वास्थ्य संगठनले मृतकको संख्या २० हजार पुग्ने अनुमान गरेको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले भूकम्पबाट करिब १४ लाख बालबालिकासहित दुई करोड ३० लाख मानिस प्रभावित हुन देखिएको बताएका छन् ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीले ११ हजार ३४२ भवन भत्किएको जनाएको छ ।

Global bank

टर्कीमा सोमबार सबेरै मान्छेहरू सुतिरहेका बेला ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

गार्डेनबाट ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २२:३६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय