site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रमुख आयुक्तले मागे निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरेका छन् । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा परिचालित पर्यवेक्षण संस्थाका प्रतिनिधिसँगको समीक्षा कार्यक्रम समापन समारोहलाई आज सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले कानुन संशोधनका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गरे । निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जनाउँदै उनले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने भएकाले त्यसका लागि सोचिदिन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा उमेदवारको मनोनयनका समयमा उमेदवारलाई तोकिएको कागजपत्र र स्वघोषणा गर्न लगाउनेसम्म आयोगको कार्यक्षेत्रमा भए पनि कुन उमेदवारको नागरिकता कायम रहेको हो वा होइन भनेर तत्काल प्रमाणीकरण गर्न नसकिएको उल्लेख गरे ।

Global Ime bank

कार्यक्रममा मानवअधिकारकर्मी प्रा कपिल श्रेष्ठले आयोगलाई निर्वाचनको मिति तोक्ने सवालमा कानुनी स्वायत्तता दिइनुपर्ने बताए । कार्यत्रक्रममा निर्वाचनमा संलग्न ३७ संस्थाका प्रतिनिधिले समूहगत छलफलका आधारमा निर्वाचनका असल अभ्यास र चुनौतीबारे आयोगले सुझाव दिएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC