site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी प्रदेश : सचिवको कार्यकाल बढाउन विवादित ऐन संसद्मा पुनः दर्ता
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशसभा सचिवालयले गत आइतबार ‘वार्षिकोत्सव’ कार्यक्रमको आयोजना गर्‍यो । उक्त कार्यक्रमकै लागि भनेर प्रदेशसभाले प्रमुख अतिथि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्त्याएर भव्य बनाउन खोजेको थियो । तर, उनको समय नमिलेपछि पाँचौँ वार्षिकोत्सव कार्यक्रम खल्लो हुनपुग्यो ।

उक्त कार्यक्रममा प्रचण्डलाई निम्त्याउने आइडिया भने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको थियो । प्रचण्डलाई कार्यक्रममा बोलाएर आफ्नो निकट सम्बन्ध देखाउन र बलियो बनाउन खोजेका थिए । यसको पछाडि भने एउटा कारण छ । जुन सिधैँ प्रदेशसभा सचिवको कार्यकालसँग सम्बन्धित छ ।

गण्डकी प्रदेशसभाले बनाएको प्रदेशसभा सचिवालय ऐन, २०७५ अनुसार प्रदेशसभाको सचिव नियुक्त भएका पोखरेललाई पूर्ण कार्यकाल पदमा रहिरहन ऐनले दिँदैन । ऐनले सचिवको अधिकतम उमेर ६० वर्ष तोकेको छ । त्यसलाई ६५ वर्ष पुर्‍याउने र पाँचै वर्ष प्रदेशसभाको सचिव बन्ने उनको मनसाय छ । यसको लागि प्रदेशसभाले ऐन संशोधन गर्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसकै लागि शीर्ष नेतासँगको सम्बन्ध देखाउने र उक्त ऐनलाई संशोधन गरेर जागिर सुरक्षित गराउने उनको मनसाय छ । यो ऐनलाई प्रदेशसभाको अघिल्लो कार्यकालमा नै संशोधनको लागि भनेर सचिवालयमा दर्तासमेत गरिएको थियो । तर, सरकारले संसद् स्थगित गरेको र त्यसपछि चुनाव भएको कारण संशोधनको लागि सचिवालयमा दर्ता गरिएको विधेयक स्वतः निष्क्रिय हुनपुग्यो ।

अघिल्लो सरकारले दर्ता गरेर निष्क्रिय बनेको उक्त विधेयक पुनः मंगलबार प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । प्रदेशसभा सचिवालय ऐनमा सचिवको उमेर बढाउने प्रस्तावसहित अन्य ३४ वटा विधेयक संशोधनकोे लागि केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, २०७९ सचिवालयमा दर्ता गरिएको हो ।

Global Ime bank

अन्य विधेयकमा भाषिक संशोधन गरिनुपर्ने उल्लेख भए पनि राजनीतिक नियुक्तीबाट पूर्ति गरिने सचिव पदको लागि योग्यतासम्बन्धी दफा नै संशोधन गर्न लागिएको हो । 

सचिवको योग्यताको विषय ऐनको दफा ८ ले व्यवस्था गरेको छ । उक्त दफामा नेपाली नागरिकतादेखि लिएर स्नातकोत्तरसहित १० वर्षको अनुभव, राजनीतिक दलको सदस्य नरहेको, विदेशी राष्ट्रको स्थायी अनुमतिपत्रका लागि आवेदन नदिएको वा नलिएको हुनुपर्ने व्यवस्था छ ।

सोही दफाको (ज) मा सचिवको उमेरहदको व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, “पैँतालिस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर पूरा नभएको हुनुपर्छ ।”

दफा १० मा सचिवको पद रिक्त हुने अवस्था छ । त्यसको ‘ग’मा पनि साठी वर्ष उमेर पूरा भएमा पद रिक्त हुने उल्लेख गरिएको छ । सचिवको पद रिक्त हुने अवस्थाको बारेमा ‘ग’मा उल्लेख गरिएको छ, “निजको उमेर साठी वर्ष पूरा भएमा ।”

यो ऐन संशोधन गर्न खोज्नुको मुख्य कारण यही उमेरहद हो ।

उमेरहद बढाउनका लागि संसद्का वर्तमान सचिव पोखरेलको वास्तविक उमेर कति हो ? २०७७ साल भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरी २२ गते सभामुखसँग आफ्नो पदको शपथ लिएका पोखरेलको कार्यकाल कहिलेसम्म छ त ?

शपथ लिएकै दिन पत्रकारले उनको उमेर सोध्दा उनले, “मेरो उमेर त यो पहिलो कार्यकाल भ्याउँछ । उमेर भन्नुभन्दा पनि म मेरो कार्यकाल भ्याउँछु । कानुनले पाँच वर्ष भन्छ, बीचमा के हुन्छ थाहा छैन,” भनेका थिए ।

तर, स्रोतका अनुसार उनको कार्यकाल अब केही महिनामात्र बाँकी छ । त्यसकारण ऐन संशोधनको चर्को लबिङमा उनी लागेका छन् । पोखरेललाई नै उनको उमेरबारे प्रश्न गर्दा उनले आफ्नो जन्ममिति भनेनन् । बरु चैतसम्म कार्यकाल रहेको भन्ने जवाफ दिए ।

“मेरो पदावधि भनेको सभामुखमा भर पर्छ । सभामुखले गर्ने हो । मेरो अहिल्यै सकिँदैन,” उनले भने । उनले आगामी चैतसम्म आफ्नो समय रहेको दाबी गरेका छन् ।

निकटस्थसँग उनले वर्तमान मुख्यमन्त्री खगराज अधिकारी पनि नातेदार पर्ने र अघिल्लो कार्यकालमा माओवादीले नै नियुक्त गरेका कारण ऐन संशोधन हुने र आफू सचिव रहिरहने बताउँदै आएका छन् । पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन माओवादीमा प्रवेश गरेका पोखरेलले प्रदेशसभामा नेकपाको बहुमत रहेका बेला प्रदेशसभाको सचिवको जिम्मेवारी पाएका हुन् ।

२०७७ भदौ २२ गते शपथ लिएर जिम्मेवारी सम्हालेका पोखरेलको कार्यकाल उमेर हद नलागे २०८२ भदौ २१ गतेसम्म रहन्छ । 

एक पूर्वप्रदेशसभा सदस्यले घुमाउरो तरिकाले पोखरेलको कार्यसम्पादनप्रति असन्तुष्टि पोखे । “प्रदेशसभा सचिवालय जुनरुपमा व्यवस्थित हुनुपथ्र्यो, त्यो हुन सकेको छैन,” उनले भने ।

गण्डकी प्रदेशसभा सञ्चालन गर्नको लागि तत्कालीन समयमा संघीय संसद् सचिवालयका सचिव जीवराज बुढाथोकीसहितको टोली पोखरा आएको थियो । उक्त टोलीले व्यवस्थित गरेभन्दा पनि अहिलेको सचिवालय थप सुदृढ बन्नुपर्नेमा झनै अस्तव्यस्त बनेको ती सदस्यले बताए । उनका अनुसार सचिव नियुक्तीको विषयमा सभामुखको भूमिका बढी रहनेछ ।

गण्डकीका सभामुख कृष्ण धितालले सबै दलको परामर्श लिएरमात्रै अगाडि बढिने जानकारी दिए । “आज दर्ता भएको छ, यस विषयमा सबै दलका माननीयहरुसँग परामर्श गरेर अगाडि बढ्ने हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC