site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

सियाटल । अमेरिकाको बहुराष्ट्रिय विमान उत्पादक कम्पनी बोइङले यो वर्ष दुई हजार कर्मचारी कटौती गर्ने भएको छ । वित्त र मानव संशाधन विभागका दुई हजार कर्मचारी कटौती गर्ने योजनामा रहेको उक्त कम्पनीले जनाएको छ ।

कुनै पनि कर्मचारीलाई उसको रोजगारी गुमेको सूचना नदिइएको तर उनीहरूलाई रोजगारीका योजना बनाउन अनुमति दिइएको कम्पनीले जनाएको छ ।

“हामीले गत वर्ष बोइङको जनशक्ति १५ हजारले बढाएका थियौँ, यो वर्ष इन्जिनियरिङ र निर्माणमा केन्द्रित भएर थप १० हजार कर्मचारी भर्ना गर्ने योजनामा छौँ,” कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार गएको डिसेम्बर ३१ सम्म बोइङको कुल कार्यबल एक लाख ५६ हजार कर्मचारीको थियो । एपी/रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro