
काठमाडौं । दाङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले ढुक्क भएर व्यापार–व्यवसाय गर्ने वातावरण हुने बताएका छन् ।
सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारीसँग दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले जिल्लामा सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए । सबै क्षेत्रको सहकार्यमा जिल्लामा रहेका समस्या समाधान गर्ने तथा जिल्लाको विकासमा सहयोग रहने उनको भनाइ छ ।
निजी क्षेत्रको सहकार्यमा देशको आर्थिक विकास गर्न सकिने उनले बताए । आर्थिक विकासका लागि राज्यले पनि निजी, सार्वजनिक साझेदारी (पिपिपि) मोडेलमा अगाडि सारेको उनले बताए ।

आफुले जिल्लामा शुसासन कायम गर्न लागि पर्ने बताए । नागरिकले अनुभूति गर्ने गरेर काम हुने समेत बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहित मात्र नभइ जिल्लाको आर्थिक विकास तथा विकास निर्माणको कार्यमा अगाडि बढी रहेको बताए ।
आउँदा दिनमा पनि यसलाइ निरन्तरता दिइने वुढाथोकीले बताए । सबैको सहयोगले नै जिल्लाको आर्थिक तथा अन्य विकासको काम पुरा हुने उनले बताए ।