site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यूएसएआईडीकी प्रशासक पावर नेपालमा
तस्बिर : काठमाडौंस्थित अमेरिकी राजदूतावासको फेसबुकबाट ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआइडी)की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

प्रशासक पावरले यूएसआईडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताइएको छ ।

Agni Group

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने यूएसआईडीको प्रतिबद्धतालाई उजागर गर्नेछिन् । उनले भ्रमणका क्रममा यूएसएआईडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन् । साथै, नेपालको प्रजातान्त्रिक अभ्यास, संघीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने यूएसएआईडीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा यूएसएआईडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल–अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा विगत ६ दशकभन्दा बढी समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यूएसएआईडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्त्वको हुने अपेक्षा गरिएको छ ।

Global Ime bank

को हुन् प्रशासक पावर ?  
समान्था पावरले यूएसएआईडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी थिइन् । उनले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छन् ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्रसंघका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । सो समयमा उनले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आईएसआईएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गरेक थिइन् ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

उनले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गरेकी थिइन् । कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गरेकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC