site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
टर्की भूकम्प : कोही नेपाली समस्यामा परेमा यी नम्बरमा फोन गर्नोस्

काठमाडौं । टर्कीमा गएको भूकम्पका कारण कोही नेपाली नागरिक समस्यामा परेमा जानकारी गराउन नेपाली राजदूतावासले आग्रह गरेको छ । टर्की समेत हेर्ने पाकिस्तानको इस्लामाबादस्थित दूतावासले प्रभावित क्षेत्रका नेपाली नागरिकसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

“टर्कीमा आज (सोमबार) गएका दुई शक्तिशाली भूकम्पहरू एवं परकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,” उक्त दूतावासद्वारा जारी अपिलमा उल्लेख छ, “उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याका बारेमा यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ ।”

हालसम्म पनि परिवार, आफन्त, साथीहरूसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीसम्बन्धी खबर प्राप्त भएमा जानकारी गराउन दूतावासले अपिल गरेको छ । त्यसका लागि सम्पर्क नम्बरहरू पनि उपलब्ध गराइएको छ ।

दूतावासका अनुसार नेपाली राजदूतावास, इस्लामाबादको फोन नम्बर–००९२ ५१२६१०३१७, ह्वाट्सएप नम्बर–००९२५१२६१०३२१ र इमेल भयलष्कबिmबलबम२mयाब.नयख.लउ मा सम्पर्क गर्न सकिनेछ ।

यस्तै, टर्कीमा रहेका विनोद पौडेललाई ९०५३७२७७७१९६ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

adkfmdfg1675753499.jpg

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:४५