site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकिङ कसुर मुद्दाका फरार एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–१७ घर भइ काठमाडौं महानगरपालिका–३१, शान्तिनगर बस्ने ४३ वर्षीय भुवनबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा एक करोड १९ लाख ७३ हजार ६०० रूपैयाँ बिगो तोकिएकोमा फरार रहेका थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्