site stats
राजनीति
‘गृहमा ३२–३५ दिन बस्दा गरेको काम र बनाएको योजनाका कारण दाबी छाड्न सकिएन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै फोन गरेर दुई दिनको समय मागेकाले सरकारबाट बाहिरिने निर्णय नगरिएको बताएको छ । प्रवक्ता मुकुल ढकालले पार्टीको बैठक सुरु हुनै लाग्दा प्रधानमन्त्रीको फोन आएको बताए । 

केन्द्रीय समिति बैठक सुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर केही समय मागेको ढकालले बताए । परिस्थिति जटिल बनेका कारण दुई दिनको समय आवश्यक भएको नेताहरुले बताएसँगै रास्वपाले सोहीअनुसार निर्णय गरेको उनले बताए । 

S.A.U
Agani Group

पार्टीभित्र छलफल जारी राख्ने ३९ जना उपस्थित बैठकले निर्णय गरेको छ । बैठकले गृह मन्त्रालयको दाबीबाट पछि नहट्ने पनि निर्णय गरेको छ । 

“गृह मन्त्रालय पार्टीले पाएको हो । यसबाट पछि हट्दैन । मन्त्रीमा को पठाउने भन्ने पार्टीको निर्णय हो,” ढकालले भने, “दुई दिनभित्र राजनीतिक इमानदारीता देखाउनु भएन भने पर्टीले जे निर्णय पनि लिन सक्छ ।”

Global bank

ढकालले ३२–३५ दिन गृह मन्त्रालयमा बस्दा काम गरेको र योजना बनाएका कारण मन्त्रालय छाड्न नसकिने बताए । आफूहरुले बनाएको योजनाहरु खेर नजाओस् भनेर गृहमा दाबी नछाडेको उनले प्रष्ट पारे । 

मन्त्रालय साटिएमा के हुन्छ भन्ने प्रश्नमा ढकालले भने, “राजनीति इमानदारीता हुनुपर्छ । पद पाएर सरकारमा गएका होइनौँ । काम गर्न गएका हौँ । न्यूनतम साझा कार्यक्रमको काम गर्न गएका हौँ ।”

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्