
काठमाडौं । फ्रान्सका रक्षक राफेल भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
फ्रान्सबाट ९३ क्याप जितेका भरानले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका भरानले सन् २०१३ मा फ्रान्सको टिमबाट डेब्यू गरेका थिए ।
सन् २०१८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा र २०२२ को विश्वकप फाइनलसम्मको यात्रा तय गर्दा भरान टिमका महत्वपूर्ण सदस्य थिए । उनले फ्रान्सका लागि पाँच अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

भरानले आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत सन्यासको घोषणा गरेका हुन् ।
“हाम्रो देशबाट एक दशकसम्म प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो सम्मान मध्येको एक हो । मैले यसबारे केही महिनायता विचार गर्दै आएको थिए । र, अहिले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्ने सही समय भएको महसुस गरेको थियो,” भरानले इन्स्टाग्राममा लेखेका छन् ।