site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अध्यापकहरू ‘सृजन रत्न’द्वारा सम्मानित
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतको गणतन्त्र दिवसको अवसर पारेर नासिकस्थित वल्र्ड क्रिएटिभिटी फोरमले कोरोनाकालमा श्रेष्ठ अध्यापन गराएबापत दुई शिक्षकलाई ‘सृजन रत्न’द्वारा सम्मानित गरेको छ ।

फोरमकी अध्यक्ष साहित्यकार मनीषा खटाटेले जानकारी गराएअनुसार ब्लू बेल इङ्लिस मिडियम स्कुलका शिक्षकहरू सुश्री देविका शास्त्री र तुषार पाटीललाई उक्त सम्मान प्रदान गरिएको हो ।

Agni Group

प्रोग्रेसिभ एजुकेसन सोसाइटीका उपाध्यक्ष मा. चोरडियाले दुवै अध्यापकहरूलाई सम्मानित गरे ।

वल्र्ड क्रिएटिभिटी फोरम एक अन्तर्राट्रिय संगठन हो, जसले साहित्य र सृजनात्मक मानव विकासका लागि अमेरिका, चीन, रुस, नेपाल, भुटान, बंगलादेशलगायतका १० मुलुकमा काम गर्दै आएको छ ।

Global Ime bank

कोरोनाकालमा बालबालिकाको मानसिकतालाई ध्यानमा राख्दै अध्ययन अध्यापनमा सकारात्मक परिवर्तन ल्याएर प्रेरणादायी भूमिका खेलेकोमा तिनको योगदानको कदर गर्दै सो सम्मान अर्पण गरिएको खटाटेले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC