site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्लाहीको हरिवन–७ मा वडाध्यक्षको पुन: मत गणना नहुने
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । सर्वोच्च अदालतले पुनः मत गणनाका लागि उच्च अदालत जनकपुरबाट भएको आदेशलाई उल्टाइदिएको छ । सर्लाही हरिवन नगरपालिका वडा नम्बर ७ को स्थानीय निर्वाचन नतिजा रद्द गरी पुनः मत गणना गर्न दिएको आदेश उल्टिएको हो ।

वडाध्यक्ष पदमा यसअघि सार्वजनिक भएको नतिजा रद्द गरी पुनः मतगणनाका लागि टीका जंग थापाले रिट दिएका थिए । एक मतले पराजित नेपाली कांग्रेसका थापाको रिटमाथि सुनवाइ गर्दै उच्च अदालत जनकपुरले गत पुस तेस्रो साता गणना गर्ने आदेश दिएको थियो । जसअनुसार भोलि गर्ने तयारी गरिएको थियो ।

तर, सर्वोच्चले उक्त आदेश उल्टाएको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार उच्च अदालतको आदेशबाट असन्तुष्ट भएपछि एक मतले निर्वाचित घोषणा भएका एमालेका निरध्वज कार्कीले सर्वोच्च अदालत पुगेका थिए । सोही मुद्दामा सर्वोच्चले तत्काल गणना नगरी मिसिल पठाउन यही माघ १६ गते उच्च अदालत जनकपुरलाई पत्राचार गरेको थियो ।

यस वडामा एक मतले निर्वाचित भएका निरध्वज कार्की कार्यरत छन् । 

निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए ।

उच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता छन् । पुनः मत गणनाका लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएका छन् । सबै मुद्दाहरू प्रक्रियामा रहेको अदालतले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro