राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने भन्दै राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई फोन सम्पर्क गरेका छन् ।
अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफूलाई रविले फोन गरेको र सरकारबाट आजै बाहिरिने बताएको जानकारी गराएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
“हामी आजै सरकारबाट बाहिरिने कुरा भयो । आजै बाहिरिन्छौँ भनेर फोन गरेको अध्यक्षज्यूले जानकारी गराउनुभयो,” बाह्रखरीसँग एक सदस्यले भने ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १८:३२
प्रतिक्रिया दिनुहोस्