site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसँग रास्वपाको अडान : कि नयाँ सहमति हुनुपर्‍यो कि पुरानो लागु हुनुपर्‍यो
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहमति कार्यान्वयन गर्न दबाब दिन थालेको छ । सरकार गठन हुँदाको सहमतिअनुसार पाएका मन्त्रालय रास्वपालाई नै दिन आग्रह गर्दै त्यसो नगरे सरकारबाट बाहिरिने जानकारी गराइएको हो ।

“विगतमा भएको सहमति कार्यान्वयन भएन भने रास्वपा सरकारमा बस्दैन,” रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बाह्रखरीसँग भने, “प्रधानमन्त्रीले सहमति पालना गर्नु भएन भने घुस्रिएर सरकारमा बस्ने कुरा हुँदैन । कि पुरानो सहमति कार्यान्वयन हुनुपर्‍यो कि नयाँ सहमति हुनुपर्‍यो ।”

उनले सहमतिविपरीत सरकारमा बस्दा भोलि थप हेपिने अवस्था बन्न सक्ने बताए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भेट गरी रास्वपाका सभापति रवि लामिछानेले सरकारका विषयमा समयमै निर्णय गर्न ‘अल्टिमेटम’ दिएका थिए । उनले आफूलाई उपप्रधान एवं गृहमन्त्रीमा पुनः नियुक्त गर्न माग गरे । उनले ६ महिनाभित्र हुने निर्वाचनबाट आफू पुनः सांसद भएर आउने आश्वासन समेत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने मन्त्री बन्न हतारो नगर्न सुझाव दिएका थिए । उनले राहदानीका विषयमा छानबिन भइरहेको र सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पनि आउन बाँकी रहेको भन्दै स्वार्थ बाझिने गरी मन्त्री नबन्न आग्रह गरेका हुन् ।

लामिछानेले मंगलबार नै नेकपा (एमाले)का अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीले लामिछानेलाई तत्काल मन्त्रीमा नियुक्त गरी गठबन्धन जोगाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro