देश
काठमाडौं महानगरको ३२ वटै वडाबाट कानुनी परामर्श दिने

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालयहरूमा निःशुल्क कानुनी सेवा उपलब्ध गराउन समझदारी भएको छ ।
समझदारीपत्रअनुसार महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ ।
नेपाल ल क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी तथा विएएलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत १५ हजार मासिक सुविधा उपलब्ध गराउने सर्त रहेको छ ।
यसबाट महानगरबासीलाई निशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ १६:३७
प्रतिक्रिया दिनुहोस्