site stats
राजनीति
देउवा पक्षका केन्द्रीय सदस्यहरूको निष्कर्ष– नेतृत्वले हामीलाई बाइपास गर्दा पार्टी असफल भयो

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरूको भेलाले पार्टीको कार्यसम्पादन र पदाधिकारीस्तरको निर्णयबाट पार्टीले उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । 

सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा भएको भेलाले पार्टीको विधानअनुसार संगठन सञ्चालन नभएको, निर्णय प्रक्रियामा वैधानिक संयन्त्रको प्रयोग हुन नसकेको तथा केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाएको निष्कर्ष निकालेको हो । 

Himalayan Bank
Dabur nepal
Agni Group

“नेपाली कांग्रेसको केन्द्रीय समितिलाई औचित्यहीन र केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाउने काम भएको छ,” केन्द्रीय सदस्य नैनसिंह महरले बाह्रखरीसँग भने, “यसका विषयमा सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।”

भेलामा बोल्ने सदस्यहरूले केन्द्रीय समितिलाई बाइपास गरेर गत भदौयता पदाधिकारीले छलफल गर्ने र कार्यसम्पादन समितिले निर्णय गर्ने परिपाटीले पार्टी पनि असफल बनाएको बताएका छन् । 

Global bank

“पार्टीको बृहत्तर हतका लागि भ्रातृ संस्थाहरू पदाधिकारीसहित पूर्ण बनाउनुपर्ने कुरा उठेका थियो,” एक सहभागीले भने, “कार्यसम्पादन र पदाधिकारीको निर्णयबाट कांग्रेसले उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष पनि निकालिएको छ ।” 

भेलामा देउवा निकट दुई दर्जन बढी केन्द्रीय सदस्य सहभागी भएका थिए ।

भेलामा पूर्वउपसभामुखसमेत रहेकी केन्द्रीय सदस्य पुष्पा भुसाल, रणबहादुर रावल, गोविन्द भट्टराई, मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, शान्ती परियार, कुन्दनराज काफ्ले, चिनकाजी श्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली, विद्या तिमिल्सेना, चन्द्र केसी, शुशीला थिङ, रूपा बिक, राजीव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढासहितले धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय