site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फरार सूचीमा छन् सांसद चौधरी, १० वर्षअघि भएका थिए दोषी ठहर

डडेलधुरा । माघ ११ गते कैलालीको बर्दगोरिया गाउँपालिका–४ बस्ने वीरबहादुर चौधरी पक्राउ परे ।  इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । 

०७० साल वैशाख ९ गते जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले चौधरीसहित तीन जनालाई आगलागी मुद्वामा दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको थियो । 

झन्डै १० वर्षदेखि फरार रहेका चौधरीलाई पक्राउ गर्दै प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीको जिम्मा लगाएको छ । 

सोही मुद्वामा दोषी ठहर हुने अर्का व्यक्ति हुन् अरुणकुमार चौधरी ।  जो कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर अहिले प्रतिनिधि सभामा देखिन्छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका सांसद चौधरीलाई जिल्ला अदालतले १० वर्ष अगाडि आगलागी मुद्वामा दोषी ठहर गर्दै ६ महिनाको कैद र ८ लाख १९ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 

“दोषी ठहर भएका चौधरी प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन्,” जिल्ला अदालत कैलालीका एक अधिकारीले बाह्रखरीलाई भने, “१० वर्ष अगाडि अदालतले सुनाएको फैसलाअनुसार चौधरीले कैद सजाय भुक्तान गरेका छैनन् । उनको नाम अहिले पनि फरार सूचीमा रहेको छ ।” 

के थियो घटना ?

०६६ साल भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु २ त २११ नम्बरको ट्याक्टरमा नदीजन्य पदार्थ लोड गरिएको थियो । 

उक्त ट्याक्टरमा अहिलेका सांसद अरुणसहित वीरबहादुर लगायतका ८–१० जनाले आगो लगाए । 

आगलागीबाट ट्याक्टरमा क्षति भयो । ट्रयाक्टरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै बजगाईँले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्वा दायर गरे । 

आगलागीबाट ८ लाख १९ हजार ४२३ रुपैँयाको नोक्सानी भएको भन्दै बजगाईँले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी गरेका थिए । 

०७० वैशाख ९ गते कैलालीका तत्कालिन जिल्ला न्यायाधीश बिष्णु सुवेदीको एकल इजलासले प्रतिनिधिसभा सदस्य रहेका अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १९ हजार ४२३ रुपैयाँ (दामाशाही) पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । 

तर, सांसद चौधरीसँगै भने कैद भुक्तानी नगरेर अहिले पनि फरार सूचीमा रहेका छन् ।  ११ गते पक्राउ परेका वीरबहादुर भने अहिले कैद भुक्तान गरिरहेका छन् । 

सांसद चौधरीविरुद्ध मुद्वा दायर गर्ने बजगाई ०७४ सालको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । बजगार्इँले अहिलेका सांसद चौधरीविरुद्व नै आगलागी मुद्वा दायर गरेको पुष्टि गरे । 

दोषी ठहर व्यक्ति सांसद हुँदा के हुन्छ ?

निर्वाचन आयोगका सहन्यायधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दोषी ठहर भइसकेको व्यक्ति कैद भुक्तान नगरी निर्वाचन लडेर सांसद बन्न पाउँदैन । 

“निर्वाचनको प्रक्रियामा कसैले पनि उजुरी नदिएर अनुसन्धान नभएकाले हुनसक्छ,” उनले भने, “अन्तिम फैसलापछि सजाय भुक्तान नगरी फरार रहेको व्यक्ति सांसद बन्न पाउने व्यवस्था छैन । सांसद भइसकेका व्यक्ति अहिले पनि फरार सूचीमा भए उनकाविरुद्व सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्न सकिन्छ ।” 

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र पालले ट्याक्टर आगलागीको मुद्वामा वीरबहादुर चौधरीलाई पक्राउ गरीएको बताउँदै फरार रहेका अन्य व्यक्तिबारे बुझ्ने काम भइरहेको बताए । 

“वीरबहादुर पक्राउ परेकै मुद्वामा एकजना मान्यज्यूको नाम पनि मुछिएको छ । त्यसबारे हामी बुझिरहेका छौं,” उनले भने । यसबारे सांसद चौधरीलाई बुझ्न खोज्दा उनले फोन उठाएनन् । 

यस्तो थियो फैसला 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro