site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषामा ६ जना थुनुवा फरार
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् ।

उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डीएसपी क्षेत्रीकाअनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको छ । उनीहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएको इलाका प्रहरी कार्यालय महेन्द्रको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro