site stats
प्रविधि
युवा तथा महिला उद्यमीलाई सूचना प्रविधि तालिम

काठमाडौं । युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम २०२३ आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरको आयोजनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको सहकार्यमा युवा तथा महिला उद्यमीका लागि राष्ट्रव्यापी सूचना प्रविधि तालिम २०२३ सुरु भएको हो । 

Agani Group

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले महिला तथा युवाहरुलाई सूचना प्रविधिको तालिम दिएर रोजगारी सिर्जनाका लागि तालिम आयोजना गरिएको बताए । उनले तालिमपछि विभिन्न निकायसँग समन्वय गरेर रोजगारीको व्यवस्था पनि गरिदिने धारणा राखे । 

त्यस्तै, महिला चेम्बरकी सचिव लिमा अधिकारीले तालिमका अवधिमा सैद्धान्तिकका साथै व्यावहारिक ज्ञान दिने जानकारी दिए । राष्ट्रव्यापी सूचना प्रविधि तालिम दुई दिनसम्म चल्ने महिला चेम्बरले जनाएको छ । 

Global bank

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय