site stats
विदेश
भारतमा दुई सैनिक विमान ठोक्किए

नयाँदिल्ली । भारतीय वायुसेनाका दुई विमान मध्य आकाशमा एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ । मध्य प्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक चालकको अवस्था गम्भीर छ ।

वायु सेनाका अनुसार एउटा विमानमा एकजना मात्र चालक थिए । अर्कोमा दुईजना सवार थिए ।

S.A.U
Agani Group

एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्य प्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए ।

गएको अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको थियो । त्यसअघि पनि सोही राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो ।

Global bank

सन् २०२१ डिसेम्बरमा भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकोप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय