
काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीहरूले माइतीघरदेखी नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । ‘आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरुले दीर्घकालीन रूपमा उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरणको माग राख्दै सुकुम्बासीहरू आन्दोलनरत छन् ।