site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यो वर्षको जाडो याममा पानी नपर्ने हो ?
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । यो वर्षको जाडो याममा हालसम्म उल्लेखनीय रूपमा वर्ष भएको छैन । केही दिन अगाडि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भए पनि त्यसबाहेकका प्रदेशमा यो जाडो याममा वर्षा भएको छैन । केही दिन प्रदेश–१ का उच्च पहाड र हिमाली क्षेत्रमा हल्का हिमपात भएको थियो । 

अब वर्षाको सम्भावना निकै कम रहेको मौसमविद् बरुण पौडेल बताउँछन् । “आज माघ १३ गते भइसक्यो, अब जाडो क्रमशः घट्दै जाने हो । त्यसैले यो जाडो याममा वर्षा हुने सम्भावना निकै कम हुँदै गएको छ,” बरुण भन्छन्, “यद्यपि, माघ महिना भर पनि जाडो रहने भएकाले मौसमी प्रणाली परिवर्तन भएर वर्षा हुनसक्छ । तर, अब धेरै वर्षा हुने सम्भावना न्यून हुँदै गएको छ ।”

Agni Group

गत वर्ष औषतभन्दा बढी वर्षा भएको थियो । यो वर्ष औषतभन्दा कम वर्षा भएको उनको भनाइ छ । “हामी यो जाडो यामको सुरुआतमै यो वर्षा औषतभन्दा कम वर्षा हुन्छ भनेका थियौँ । कहिले कम र कहिले धेरै वर्षा हुनु वायुमण्डलीय नेचुरल प्रोसेस हो,” बरुण भन्छन् । वायुमा जलवाष्प कम हुँदा वर्षा नहुने मौसमविद्हरू बताउँछन् ।  

दिउँसोको समयमा १४/१५ डिग्री सेल्सियससम्म झरेको काठमाडौंको तापक्रम बढेर अहिले २१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । त्यसैले अब जाडो कम हुँदै जाने उनले जानकारी दिए । 

Global Ime bank

काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC