प्रवास

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) महासचिव जुराब पोलोलिकासभिलीसँग शिष्टाचार भेट गरेकी छन् ।
उनले यूएनडब्लूटीओको मुख्यालयमा महासचिव जुराबसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरिन् । मड्रिडमा मंगलबार भएको भेटमा राजदूत डा पराजुलीले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन् ।
भेटमा महासचिव पोलोलिकासभिलीले नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे । उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९ २०:११
प्रतिक्रिया दिनुहोस्