site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनएसएस कप अन्तरविद्यालय प्रतियोगिता शुक्रबारदेखि हुने

काठमाडौं । नेसनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर–विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ (शुक्रबार)देखि २२ गतेसम्म गर्ने निर्णय गरेको छ । फुटबल सेभेन ‘ए’ साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक प्रभात रिसालले बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्यासंस्कार इन्टरनेसनल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेसनल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागिता छ । 

स्कुलका सञ्चालक तथा प्रिन्सिपल माधवप्रसाद बरालले विद्यार्थीलाई पढाउनेमात्रै नभएर खेलकुद क्षेत्रमा सहभागी गराउन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

"हामी हरेक वर्ष खेलकुद क्षेत्रमा रहँदै आएका छौँ । धेरै  गर्न पाएका छैनौँ । तर, केही न केहीमा हामी संलग्न हुँदै आएका छौँ । खेलाडीलाई पढाइमा मात्रै हैन खेलकुदमा पनि सक्रिय गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो," उनले भने ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्