site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुबलेभलाई हराउँदै जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचौ स्थानका एन्ड्रे रुबलेभलाई ३–० को सोझो सेटमा पराजित गर्दै नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा भएको खेलमा चौथो स्थानका जोकोभिचले रुसका रुबलेभलाई ६–१, ६–२, ६–४ को स्कोरमा पराजित गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

२१ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले गत वर्ष कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण प्रतियोगिता खेल्ने अनुमति पाएका थिएनन् । ३५ वर्षीय जोकोभिचले हालसम्म नौ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । 

जोकोभिचले अब फाइनल प्रवेशका लागि अमेरिकाका टमी पाउलविरुद्ध खेल्नेछन् । वरीतयाको ३५औं स्थानका पाउलले आजै भएको क्वार्टरफाइनल खेलमा आफ्नै देशका बेन सेल्टोनलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । पाउलले सेल्टोनविरुद्ध ७–६ (८–६), ६–३, ५–७, ६–४ को स्कोरमा जित निकालेका थिए । 

Global Ime bank

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि मंगलबार भएको खेलमा जित निकाल्दै ग्रीसका स्टेफानोस सित्सिपास र रुसका कारेन खाचानोभले सेमिफाइनलको टिकट काटेका थिए । दुवै सेमिफाइनल खेलहरु प्रतियोगिताको सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC