site stats
बाह्रखरी :: Baahrakhari
खेल
अमेरिकाका टमी पाउल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा 

काठमाडौं । अमेरिकाका टमी पाउल वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

२५ वर्षीय पाउलले पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएका हुन् । पाउलले सन् २०२० देखि अस्ट्रेलियन ओपन खेल्न सुरु गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न खेलमा वरीयताको ३५औं स्थानका पाउलले आफ्नै देशका बेन सेल्टोनलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । वरीयताको ८९औं स्थानमा रहेका सेल्टोनलाई पाउलले ७–६ (८–६), ६–३, ५–७, ६–४ को स्कोरमा पराजित गरे । गत वर्ष पाउल प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएका थिए ।

पाउलले सेमिफाइनलमा अब एन्ड्रे रुबलेभ र नोभाक जोकोभिचबीचको विजेतासँग खेल्नेछन् । यसअघि मंगलबार भएको खेलमा जित निकाल्दै स्टेफानोस सित्सिपास र करेन खातानोभले सेमिफाइनलको टिकट काटिसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्