site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मधेसमा दुई सांसदले दिए शपथ
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)का समानुपातिक सांसदको विवाद समाधान भएको छ । दुई सांसदमाथि परेको रिट सर्वोच्च अदालतले तामेलीमा पठाएर मुद्दा किनारा लगाएको हो ।

मुद्दा किनारा लागेसँगै बुधबार सप्तरीका माला कर्ण र महोत्तरीका रज्जी हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । उनीहरूमाथि सोही पार्टीकी खजान्ती महतो नुनियाले क्लस्टर नमिलेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

Agni Group

सोही कारण उनीहरूलाई निर्वाचन आयोगले निर्वाचित घोषणा गरे पनि प्रमाणपत्र दिइएको थिएन । गएको पुस १५ गते मधेसका १०५ प्रदेशसभा सदस्यले शपथ लिएका थिए । कर्ण र हैदरको शपथ रोकिएको थियो ।

पार्टीले निर्वाचन आयोगमा पठाएको बन्दसूचीअनुसार धनुषाबाट सुनीता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास र महोत्तरीबाट मोहम्मद रज्जी हैदरलाई निर्वाचित भएको घोषणा गरिएको थियो । सुनीता र माला मधेसी समूह, शारदा दलित र रज्जीको नाम मुस्लिम समूहको कोटाबाट पठाइएको थियो । त्यसपछि खजान्तीले अनुसूचीअनुसार आफू निर्वाचित हुनुपर्ने भन्दै उत्प्रेषण मुद्दा दिएकी थिइन् ।

Global Ime bank

खजान्तीले नै पेसी लिन इन्कार गरेको भन्दै सर्वोच्चको संवैधानिक इजलासले मुद्दालाई तामेलीमा पठाएर प्रतिवादीलाई सदर गर्दै मुद्दाको टुंगो लगाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो आदेश दिएको हो ।

खजान्ती पक्षका कानुन व्यवसायी उमेशप्रसाद साहले भने आदेशप्रति आपत्ति जनाएका छन् । संवैधानिक इजलासको नियमावलीअनुसार १५ दिनसम्म मुद्दा थमाउन सक्ने व्यवस्था रहेको उनको जिकिर छ । वादी बिरामी हुँदा पेसी लिन नसकेको उनको भनाइ छ ।

गएको पुस २७ गतेको पेसीमा खजान्त उपस्थित भइनन् । उनले वकिलमार्फत पुस २९ गते पेसी राख्न रजिष्टारसमक्ष अनुरोध गरेकी थिइन् । तर, पेसी लिन इन्कार गरेको भन्दै माघ ४ गते न्यायाधीशहरूले मुद्दा तामेलीमा पठाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC