site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुनै व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् : मेयर बालेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आत्मदाहको प्रयास गरेर ज्यान गुमाएका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान फेसबुकमा लामो स्टाटस लेख्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

आचार्यको घटनाको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको उनले उल्लेख गरेका छन् । “...र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्,” मेयर बालेनले लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आचार्यको घटनालाई उनले अहिलेको समयको सबैभन्दा विस्मयकारी घटना भनी टिप्पणी गरेका छन् ।

“...कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरूमध्ये काठमाडौं महानगरको  क्षेत्राधिकारमा पर्ने कामहरू पनि हँुदै छन्,” उनले लेखेका छन् ।

Global Ime bank

उनले कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर गरिने चियोचर्चोप्रति रोष समेत प्रकट गरेका छन् । सबैलाई नियमको पालना गर्न र सबैले नियमभित्र रहेर व्यवहार गर्न उनले आग्रह गरेका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।

मेयर बालेनको फेसबुक स्टाटस पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC