site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युक्यासल लिग कपको फाइनलनजिक

काठमाडौं । ब्राजिलका मिडफिल्डर जोएलिन्टनको गोलमा न्युक्यासल युनाइटेडले मंगलबार राति लिग कप सेमिफाइनलको पहिलो लेगमा साउथह्याम्पटनलाई १–० ले हराएको छ ।

जोएलिन्टनले ७३औँ मिनेटमा एलेक्जेन्डर इसाकको पासमा गरेको गोल पाहुना टोली न्युक्यासलको जितमा निर्णायक बन्यो । लगत्तै एडम आर्मस्ट्रङको गोलबाट साउथह्याम्पटनले बराबरी गरेको थियो । तर, भिडियो सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन ।

खेल सकिन चार मिनेट बाँकी हुँदा डुजे कालेटा–करले दोस्रो पहेँलो कार्डको सामना गरेपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित भएको थियो । कालेटा–करले २८औँ मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका थिए ।

दुई टिमबीच दोस्रो लेग अर्को साता हुनेछ । प्रतियोगितामा आज राति म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टसँग प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu