site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो । 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।

प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

आज अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०६:४२