site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गभर्नर अधिकारी भन्छन्– अब सरकारी बैंक मर्जरको समय आयो कि !

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी वाणिज्य बैंक एक आपसमा मर्जरमा गएको भन्दै सरकारी बैंकहरूले पनि सोच्ने समय आएको बताएका छन् । 

मंगलबार राष्ट्रिय वाणिज्य बैंकको २८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अब सरकारी बैंकको आकार सानो भएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसका लागि सरकारसँग छलफल गरेर सरकारी बैंक सञ्चालक समितिले ध्यान दिनुपर्ने बताए ।

“अब सरकारी वाणिज्य बैंक सानो भयो, निजी बैंकका तुलनामा । सरकारसँग छलफल गरेर सरकारी बैंक एक हुन आवश्यक होला । व्यावस्थापन समितिले छलफल गर्ला,” उनले भने, “तर, राष्ट्र बैंकले बाध्यात्मक बनाउँदैन । केही क्षेत्रमा गएको कर्जा गलत प्रयोग भयो कि भन्ने पनि लागेको छ । सम्बन्धित शाखाले सही सूचना दिनुपर्यो ।”

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्