site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश १ मा नौ मन्त्रालय कायम, मुख्यमन्त्री कार्कीले गरे मन्त्रीहरूको कार्यविभाजन
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै नौवटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरुले जिम्मेवारी प्राप्त गरेका छन् । यसअघि, प्रदेशमा १३ मन्त्रालय थिए ।

Agni Group

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन आफैंसँग राखेर बाँकीमा जिम्मेवारी तोकेका  छन् ।

नेकपा (एमाले)का तिलकुमार मेन्याङ्बोले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् । नेकपा (माओवादी केन्द्र)का दुर्गा चापागाईले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

Global Ime bank

राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्रीले पुस २५ गते तीनजना मन्त्री नियुक्त गरेका थिए । पुस ३० गते मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसबेला सबै मन्त्री बिनाविभागीय थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC