site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ मा सभामुखको निर्वाचन पुस २८ गते हुने
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर १ मा सभामुख निर्वाचन आउँदो पुस २८ गते हुने भएको छ । सत्ता गठबन्धनको निर्णयअनुसार सभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ । 

सरकार गठनका लागि तालमेल गरेका नेकपा एमाले, माओवादी केन्द्र, राप्रपासहितको दलको बैठकले प्रदेश–१ मा सभामुखको निर्वाचन गर्ने सहमति जनाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने निश्चित भएसँगै दलबाट दुई जना अकांक्षी देखिएका छन् । 

संखुवासभाको क्षेत्र नं. १ बाट निर्वाचित राजेन्द्र कार्की र ओखलढुंगाको क्षेत्र नं. २ का बाबुराम गौतम सभामुख बन्ने दौडमा लागेका छन् ।

Global Ime bank

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशमा उप–सभामुखको निर्वाचन भने पुस ३० गते गर्ने सहमति भएको बताएका छन् । 

प्रदेशसभा बैठक मंगलबार दिउँसो ११ बजे बेलाउन सचिवालयलाई आग्रह गरिएको भण्डारीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement