साहित्य

महमा नै डुबाए पनि
माहुरी बन्दो रहेनछ माखो
आखिर
बुर्कुसिँदै, उफ्रिँदै, उचालिँदै
अहमताको स्प्रीङमा
आरोहण गरेरै छाड्दो रहेछ
रछानको पहाड । १ ।
उसलाई
बेकार लाग्छ फूलको पराग
त्यसैले
उसले फूल हेर्दैन र चिन्दैन
र मन पराउँदैन
सामुखका स्प्रेहरू
एक तमास एकोहोरिएर खोजी रहन्छ
पलाँसभरि गुलाफको सुगन्ध । २ ।
कहिलेकाहीँ
लट्ठिएर सुगन्धको महकमा
बतासिँदा बतासिँदै
चोपलिन्छ चियाका कपमा
र जलेबीको चास्नीमा
सास नजाउन्जेल र नअघाउन्जेल
अनवरत खाइरहन्छ
र रमाइरहन्छ
दधिचीका हाडहरूमा । ३ ।
(तिलोत्तमा, रुपन्देही)
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९ ०६:२६
प्रतिक्रिया दिनुहोस्