site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम नछुटे नागरिक उन्मुक्तिले सुदूरपश्चिममा सरकारलाई समर्थन नगर्ने, अल्पमतमा गठबन्धन !
फाइल तस्बिर ।

डडेलधुरा । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गर्नका लागि रेशम चौधरीको रिहाइलाई ‘बटमलाइन’ बनाएको छ ।

उन्मुक्तिले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको छ । सरकारमा गएको छैन । प्रदेशमा भने रेशमलगायत बन्दी नछुटेसम्म नयाँ गठबन्धनलाई समर्थनै नगर्ने भएको हो ।

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूका माग पूरा नभई प्रदेश सरकारमा नजाने बताए । प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन पनि नगर्ने उनको भनाइ छ ।

“हामीले सुरुवातदेखि नै आफ्ना माग र मुद्दा अगाडि सारेका छौँ,” संसदीय दलका नेता चौधरीले बाह्रखरीसँग भने, “जबसम्म रेशम चौधरीसहितका बन्दीहरू छुट्दैनन्, तबसम्म हामी न सरकारलाई समर्थन गर्छाैँ न त सरकारमा जान्छौँ ।”

अदालतले दोषी ठहर गरे पनि जनताले रेशमसहितका बन्दीको पक्षमा ‘म्यान्डेड’ दिइसकेको भन्दै उनले बिनासर्त उनीहरूको रिहाइ हुनुपर्ने माग गरे ।

टीकापुर घटनाका बन्दी छुटेपछि मात्र प्रदेश सरकार गठन र भागबन्डाका विषयमा छलफल हुने उनले बताए ।

तपाईंहरूले मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएको हो ? भन्ने प्रश्नमा चौधरीले भने, “त्यो त तपसिलको कुरा हो । पहिले त रेशम चौधरी रिहाइको हाम्रो माग जसले पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जाने हाम्रो योजना छ ।” उनले प्रदेश सरकार निर्माणका विषयमा अहिले कुनै पनि दलसँग छलफल नभएको बताए ।

अल्पमतमा नयाँ गठबन्धन !
सात प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरे सुदूरपश्चिममा नयाँ गठबन्धन अल्पमतमा पर्ने देखिन्छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । सरकार बनाउन २७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

यहाँ नयाँ गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक प्रदेशसभा सदस्य छन् । यो गठबन्धनका कुल २२ प्रदेशसभा सदस्य छन् । एक स्वतन्त्र सांसदको समर्थन लिए पनि बहुमतको सरकार बनाउन आवश्यक संख्या पुग्दैन ।

चार प्रदेशसभा सदस्य रहेको नेकपा (एकीकृत समाजवादी)सँगै एक स्वतन्त्रको समर्थन पाए एमाले, माओवादी र राप्रपाले सरकार बनाउन सक्ने अर्को अवस्था पनि छ ।

नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिएर १९ प्रदेशसभा सदस्य रहेको कांग्रेस सरकारमा जाने चर्चा समेत सुदूरपश्चिममा छ । नागरिक उन्मुक्ति र कांग्रेस मिल्दा एक स्वतन्त्रको समर्थन पाए मात्र पनि सरकार बनाउन सक्ने अंकगणित पुग्छ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले सरकार बनाउनेबारे नागरिक उन्मुक्तिका नेतासँग सामान्य छलफल भएको बताए । “केन्द्रमा नागरिक उन्मुक्ति सरकारमा नगए पनि समर्थन गरेको छ,” उनले भने, “प्रदेशमा हामीसँग मिलेर जान खोज्छ भने हामी छलफलका लागि खुला छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro