site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रेहितको मुक्तककृति ‘परावर्तन’ सार्वजनिक

काठमाडौं । लेखक रेहित सैंजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’ एक समारोहकाबीच सार्वजनिक भएको छ । कल्पतरु साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थित पाहुनाहरूले कृतिको संयुक्त विमोचन गरे । 

विमोचन कार्यक्रममा डा. कृष्ण भण्डारी ‘मुमुक्षु’ले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । उनले सैंजुका मुक्तकको सबल तथा दुर्बल पक्षहरूका बारेमा बोले । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमोचन कार्यक्रममा कल्पतरुका प्रधान सम्पादक नवराज पुडासैनी ज्योत्सना, विनोद नेपाल, निशा केसी, मुक्तककार सैंजु, चिरञ्जिवी दाहाल, ऋद्धिनारायण श्रेष्ठ, अविका थापा मगरलगायतले बोलेका थिए ।

कार्यक्रममा राजबाबु श्रेष्ठ सागर र विष्णुप्रसाद आचार्यले कृतिभित्रका मुक्तक वाचन गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्