site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘पूर्वाधारका कारण समयमा प्रतियोगिता नहुने विगतलाई कर्णालीमा दोहोरिन दिन्नौँ’
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रादेशिक रंगशाला । तस्बिर : सुरेश आचार्य/रासस ।

काठमाडौं। पञ्चायत कालमा नियमित भएको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रजातान्त्रिक व्यवस्थामा भने कहिलेपनि नियमित समयमा हुन सकेको छैन । देशकै सबैभन्दा ठुलो खेल महोत्सव अब कर्णाली प्रदेशले आयोजना गर्दैछ । कर्णालीले भने समयमै अयोजना गर्ने तयारी गरिरहेको छ । र, कर्णालीको दाबी छ– “हामी समयमै गर्छौं ।”

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै आयोजनाको जिम्मेवारी थमाएका थिए । 

9th games ma jhanda hastantaran1672394452.jpg

Dabur Nepal
NIC Asia

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औँ बोर्ड बैठकबाट दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो । भौतिक पूर्वाधार तथा अन्य सुविधाका हिसाबले कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नका लागि चुनौतीपूर्ण रुपमा हेरिएको छ । तर, आफुले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न दृढ सङ्कल्पका साथ लागि परेको कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सन्ज्याल बताउँछन् । 

“अहिलेसम्म कामको स्प्रिट हेर्दा समयमै हुन्छ भन्ने पूर्ण विश्वास छ । समयमा हुन नसकेका संस्करणहरूको विगत हेर्दा पूर्वाधार नै प्रमुख कारण थिए । त्यो कर्णालीमा दोहोरिन दिन्नौँ,” पुस १० गते सुर्खेतको निर्माणाधीन रंगशाला परिसरमा उभिएर सन्ज्यालले भने, “छैटौँदेखि नवौँसम्म आइपुग्दा पूर्वाधार निर्माणका कारणले जुन खालको अप्ठ्याराहरू भए, त्यो यहाँ हुन नदिनका लागि हामीले दुई वर्षअघिदेखि पूर्वाधार निर्माणका काम थालिसकेका छौँ । त्यसकारण पनि समयमै सम्पन्न हुनेमा विश्वस्त छौँ । पूर्वाधारका कारण प्रतियोगिता सर्दैन ।” 

पञ्चायतकालमा भएका राष्ट्रिय खेलकुदको पहिलो (२०३८), दोस्रो (२०४०) र तेस्रो (२०४२) संस्करण नियमित र समयमै भएका थिए । तर, त्यसपछि भने यस प्रतियोगिता समयमा हुन सकेको छैन । नेपालगञ्जमा सम्पन्न आठौँ संस्करण पनि केही महिना पछाडि धकेलिएको थियो । तथापी यसलाई समयमै सम्पन्न भएको मान्न पनि सकिन्छ । चौथो संस्करण २०५५, पाँचौँ २०६५, छैटौँ २०६८, सातौँ २०७३, आठौँ २०७६ र नवौँ संस्करण २०७९ मा भएका थिए ।  

“दशौँ आयोजनाका लागि कर्णालीको सुर्खेतमा रंगशाला निर्माणको काम अहिलेसम्म ३० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । बाँकी निर्माण कार्य प्रतियोगिता आयोजना हुने मितिभन्दा ६ महिना अघि नै सम्पन्न हुने गरी काम भईरहेको छ ।”, सदस्यसचिव सन्ज्यालले भने ।  

sport21672394454.jpg

“यहाँ फुटबल मात्र होइन, स्विमिङ पुल, बहुउद्देश्यीय कभर्ड हल, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ लगायत खेलका संरचना निर्माण हुदैछन् । यो कर्णाली प्रदेश सरकारकै गौरवको आयोजना हो । त्यसकारण यहाँ बजेटको अभाव हुन्छ भन्ने हामीलाई लाग्दैन ।

अहिले काम तिब्र गतिमा भइरहेको छ,” राखेपका पूर्व इन्जिनियरसमेत रहेका सन्ज्यालले थपे, “दशौँको मितिभन्दा ६ महिनाअघि हामीलाई यो संरचना हस्तान्तरण गर्ने भनिएको छ । त्यसपछि पनि हामी दशौँ अघि ट्रायलका लागि अन्तरप्रदेश खेलकुद प्रतियोगिता गर्नेछौँ । त्यतिबेला हाम्रो कमीकमजोरी थाहा हुनेछ । र त्यसलाई दशौँमा हामी दोहोरिन दिदैँनौँ ।”

सुर्खेतमा बनेको रंगशालालाई चर्चित र बहुप्रतिक्षित भनिएको छ । जहाँ १४ ओटा खेलको खेलस्थल समावेश छन् । उक्त परियोजना २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । त्यसका लागि प्रदेश सरकारले १ अर्ब ५९ करोड बजेट छुट्याइएको छ ।

यसवर्षमात्र प्रदेश सरकारले ६० करोड बजेट विनियोजन गरेको थियो । रंगशालाकै आडमा क्रिकेट र रग्बीको स्टेडियम बनाउने काम पनि अगाडि बढेको छ । रुकुमको चौरजाहरी रंगशाला निमार्णका लागि भर्खरै टेन्डर प्रक्रिया अगाडि बढेको छ ।

sport41672394457.jpg

“खेलपूर्वाधारसँगै यहाँ आउने खेलाडी तथा पाहुनाहरूको व्यवस्थापन गर्नका लागि केही खेलहरू हामीले अन्य जिल्लामा गर्नुपर्नेछ,” कर्णालीका सदस्यसचिव सन्ज्यालले भने, “अन्य केही जिल्लामा कभर्डहरू छन् । हुम्ला, मुगु र कालिकोटमा बसोबास गर्ने स्थान भएका कारण त्यहाँ पूर्वाधार बनाउन सकियो भने प्रतियोगिता गर्न सकिन्छ । ती जिल्ला तथा अन्य स्थानमा पूर्वाधार निर्माणका लागि हामी तत्काल प्रकृया थाल्नेछौँ ।”

सुर्खेतमा भन्ने रंगशाला समयमै निर्माण सम्पन्न भएमा कर्णालीका लागि पूर्वाधारभन्दा यहाँ आउने पाहुना व्यवस्थापन गर्नु अर्को ठुलो चुनौती हुनेछ । त्यसलाई सदस्यसचिव सन्ज्याले पनि स्विकार गरेका छन् । 

“हामीले अहिले देखेको सबैभन्दा ठुलो चु्नौती नै त्यही हो । यसलाई हामीले चुनौतीसँगै अवसरका रुपमा पनि लिएका छौं । यसअघि यति ठुलो कुनै पनि कार्यक्रम यहाँ आयोजना भएका छैनन् । यो कर्णालीको समृद्धिसँग पनि जोडिएको विषय हो । कर्णालीे समृद्धि भयो भने नेपाल नै समृद्धितिर गयो भन्ने संकेत गर्छ,” पाहुना व्यवस्थापनबारे सन्ज्यालले थपे, “त्यसकारण खेलाडी तथा पाहुनालाई कसरी व्यवस्थापन गर्ने भनेर हामी ठोस योजना बनाउँदैछौँ ।” 

sport31672394455.jpg

खेलाडी तथा अन्य अफिसियल गरी राष्ट्रिय खेलकुदमा झण्डै ९ हजार जना कर्णाली आउने अनुमान गरिएको छ । त्यसकारण प्रतियोगितालाई सुर्खेतसँगै कर्णालीका अन्य जिल्लाहरूमा पनि खेल आयोजना गर्ने तयारी भएको छ । साथै नवौँमा जस्तो धेरै प्रतियोगिता नगर्ने अर्को उपाय हो । खेल संख्या घटाउने विषयमा छलफल भइरहेको सदस्यसचिव सन्ज्याल बताउँछन् । 

“सम्भाव्यता अध्ययन र कर्णालीले धान्न सक्ने क्षमता हेर्दा अहिलेलाई केही खेल कटौती गर्नुपर्छ भन्ने हो । कति खेल कटौती गर्ने र कुन–कुन खेल कहाँ–कहाँ आयोजना गर्ने भन्ने विषयमा छलफल भइरहेकोछ । यसमा चाडै टुंगोमा पुग्नेछौं,” कर्णालीका सदस्यसचिव सन्ज्यालले थपे, “सुर्खेतबाहेक अन्य जिल्लामा अभाव भनेको पूर्वाधारको हो । पूर्वाधार बनाउन सकियो भने अरु व्यवस्थापन गर्न सकिन्छ । त्यहाँ बस्नका लागि समस्या छैन । दशै जिल्लामा प्रतियोगिता गर्न सम्भव छ ।” 

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ पनि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद गर्नु चु्नौतीपूर्ण भएपनि समयमै सम्पन्न हुनेमा विश्वस्त छन् । उनी राखेप र केन्द्रीय सरकारले के गर्ने भन्ने विषयमा प्रदेश सरकारसँग छलफल गरी तत्कालै टुङ्गाएर एउटा कामको जिम्मा केन्द्रीय सरकारले लिनुपर्ने बताउँछन् । 

sport11672394452.jpg

“युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसँग आवश्यक सल्लाह र समन्वय गरेर अर्थ मन्त्रालयबाट थप बजेट विनियोजन गर्ने रहेको छ । दशौँका लागि बजेट त छँदै छ, त्यसको आकार बढ्न सक्नेगरी परामर्श गरिएको छ,” राखेप सदस्यसचिव घिसिङले भने, “नवौँमा पनि बजेट रातो किताबमा मात्र १० लाख थियो । तर, सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट निकासा गर्द भव्य आयोजना गर्नसक्यौं ।

सोही कारण दशौंको पूर्वाधार निमार्णका लागि आवश्यक बजेट उपलब्ध हुनेमा म आशावादी छु । केन्द्रीय र प्रदेश सरकारको समग्र सहयोगमा दशौँको पूर्वाधार सम्पन्न गरेर प्रतियोगिता आयोजना सफल पार्न सकिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro