site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिमका सांसदको शपथ पुस १५ गते, मातृभाषामा शपथ लिनेले निवेदन दिनुपर्ने
Sarbottam CementSarbottam Cement

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ  । आज एक सूचनामार्फत प्रदेश सभा सचिवालयले पुस १५ गते दिउँसो १ बजे शपथ हुने जानकारी दिएको हो ।

सचिवालयका प्रमुख देबबहादुर बोगटीका अनुसार प्रदेश सभा सदस्यहरूको शपथ स्थानीय भाषामा हुनेछ । आफ्नै भाषा (मातृभाषा)मा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन आग्रह गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

संविधानको धारा १८२ को उपधारा ५ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था छ । यसपटक सबैभन्दा ज्येष्ठ प्रदेश सभा सदस्य अछामका मानबहादुर रावल रहेका छन् । उनी अछाम निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका हुन् । ६८ वर्षीय रावलले प्रदेश सभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

Global Ime bank

त्यसअघि, रावललाई प्रदेश प्रमुख जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । 

प्रदेश प्रमुखबाट ज्येष्ठ प्रदेश सभा सदस्य र ज्येष्ठ प्रदेश सभा सदस्यबाट अन्य सदस्यलाई शपथ ग्रहणको कार्यक्रम एकैदिन राखिएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेश सभा भवनको हलमा शपथ ग्रहण कार्यक्रम हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC