site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘चि मुसी चि’को गीत ‘कथा’ सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । यही पुस २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रम अयोजना गरेर गीत सार्वजनिक गरिएको हो । कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् ।

बिराज गौतम र त्रिशला गुरुङको स्वर रहेको गीतमा शब्द विराज र शौरभ श्रेष्ठको छ । संगीत रोहित शाक्य र विराज स्वयंको छ । 

Agni Group

सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएको निर्देशक मर्ण जेम्सको भनाइ छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।

सिनेमाले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ । सिनेमाको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।

Global Ime bank

सिनेमालाई मर्ण जेम्स र यश सैनीले निर्माण गरेका हुन् । सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । 

सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको निर्माता चक्रावर्तीको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC