site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शेरबहादुर देउवा : गिरिजाप्रसाददेखि गगनसम्म ८ पटक प्रतिस्पर्धामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको निर्वाचनमा आठौंपटक प्रतिष्पर्धामा उत्रिएका छन् ।

पाँचपटक प्रधानमन्त्री भइसकेका देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने तयारीसहित आठौं पटक संसदीय दलको नेतामा उमेदवारी दिएका हुन् । 

०५१ सालमा गिरिजाप्रसाद कोइरालाले मध्यावधि घोषणा गरेर आएको मत परिणाममा कांग्रेस दोस्रो दल बनेपछि कांग्रेसमा संसदीय दलको नेता गिरिजाप्रसाद कोइरालालाई बन्न नदिने अभ्यास भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोइरालालाई सर्वसम्मत उमेदवार बन्न नदिने चिरञ्जीवी वाग्ले, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्रीदेखि खुमबहादुर खड्कासम्म आकांक्षीका रुपमा देखिएका थिए । 

त्यसबेला कोइरालाका विकल्पमा शैलजा आचार्यलाई सर्वसम्मत गर्ने प्रयास भए पनि कोइराला नै तयार नभएपछि शेरबहादुर देउवा उमेदवार बन्न पुगे । 

Global Ime bank

देउवाको उमेदवारीपछि सबैले उमेदवारी फिर्ता लिएर पहिलो पटक उनी सर्वसम्मत दलको नेता चयन भएका थिए । 

त्यसयताका अधिकांस संसदीय दलका चुनावमा देउवा उमेदवार छन् । 

०५६ सालमा कांग्रेसले चुनावअघि नै कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेकाले चुनावपछि किशुनजी सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए । 

पछि कांग्रेसकै दबाबमा किशुनजीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि संसदीय दलको चुनाव भएको थियो । 

त्यो चुनावमा गिरिजाप्रसाद कोइरालाविरुद्ध शेरबहादुर देउवालाई नै उमेदवार बनाइएको थियो । 

तर, गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रको चुनावमा गोप्य मतदान हुँदैन भन्दै खुला मतदान गराएपछि देउवाका पक्षमा मत कम आएको थियो । 

०५८ सालमा ‘होलेरी काण्ड’ मा सरकारी पक्षले ठूलो क्षति बेहोरेको अनि दाङबाट माओवादीले सेनाका हतियार लुटेको घटनापछि गिरिजाप्रसाद कोइरालाले नैतिक रुपमा राजीनामा दिएपछि ०५८ सालमा पुनः संसदीय दलको निर्वाचन भएको थियो । 

कृष्णप्रसाद भट्टराईको समूहबाट देउवालाई उमेदवार बनाउँदा कोइराला समूहबाट सुशील कोइराला उमेदवार थिए । 

तर, गिरिजाप्रसाद कोइरालाले नै देउवाका पक्षमा मत मागेपछि दलको नेतामा निर्वाचित भएका थिए । देउवालाई जिताउनकै लागि त्यसबेला भने कांग्रेस सभापति कोइरालाले गोप्य मतदान गराएका थिए । 

०५९ सालमा देउवाले संसद् विघटन गरेपछि कोइरालाले देउवालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरे । 

त्यसपछि देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए ।

गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा भएको आन्दोलनले ०६३ वैशाख ११ मा संसद् पुनःस्थापित भयो । संसद् पुनःस्थापित भएपछि नेपाली कांग्रेस प्रजातान्त्रिकमा देउवा र विजय गच्छदारबीच संसदीय दलमा प्रतिस्पर्धा हुँदा देउवा निर्वाचित भएका थिए । 

०६४ सालको निर्वाचनअघि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता भयो । 

अर्थात् नेपाली कांग्रेस प्रजातान्त्रिकको आफ्ना पार्टीका नेताहरुको मात्र व्यवस्थापन हुनेगरी, झन्डा, विधानसहित सबै नेपाली कांग्रेसकै हुने गरी कांग्रेसमा विलय भएको थियो । 

त्यसपछि भएको पहिलो संविधानसभामा कांग्रेस नराम्ररी पराजित भयो । ६०१ सदस्यीय संविधानसभामा कांग्रेस जम्मा ११४ सिटमा सीमित भयो । 
समानुपातिकतर्फबाट सांसद बनेका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा इच्छा नदेखाएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । देउवा पौडेलसँग पराजित भए । 

दोस्रो संविधानसभामा कांग्रेस सभापति सुशील कोइराला थिए । उनकै नेतृत्वमा भएको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । त्यो निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचन हुँदा सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । सभापति कोइराला संसदीय दलको नेता हुँदा देउवा पराजित भए । 

०७४ सालमा देउवाकै नेतृत्वमा निर्वाचन भयो । निर्वाचबाट कांग्रेस प्रत्यक्षमा २३ सिटमा खुम्चिदा समानुपातिकको मतले एक चौथाई भन्दा कम मतसहित संसद प्रवेश ग¥यो । 

देउवाले निर्वाचन परिणामको जिम्मा लिनुपर्ने भन्दै पार्टीभित्रैबाट तीव्र आलोचना हुँदा समेत देउवा नै संसदीय दलको नेतामा लडे । 
उनका विरुद्ध प्रकाशमान सिंहलाई उमेदवार बनाइएको थियो । देउवा निर्वाचित हुँदा प्रकाशमान फराकिलो मतान्तरले पराजित भए । 

०७९ सालमा देउवाकै नेतृत्वमा पुनः निर्वाचन भयो । कांग्रेस ५७ प्रत्यक्षतर्फको सिटसहित ८९ सिटमा सीमित भएको छ । 
कांग्रेसले मात्र होइन कांग्रेस नेतृत्वको गठबन्धनको समेत बहुमत नपुगेर अन्य दल जोडेर सरकार बनाउनुपर्ने अवस्था छ । 

देउवा भने त्यसलाई नै आफू उमेदवार बन्नुपर्ने बाध्यताका रुपमा अर्थ्यारहेका छन् । देउवाको समर्थक बसेका कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का यही परिस्थिति नै देउवा संसदीय दलको नेतामा आउनुपर्ने बाध्यताका रुपमा अर्थ्याउँछन् । 

“संविधानको रक्षा गर्दै अन्य दलको विश्वास लिएर सरकार बनाउनुपर्ने अवस्था छ । देउवासँग अन्य दलहरुलाई पनि विश्वासमा लिएर जाने शासकीय अनुभव छ । त्यसकारण देउवा नै संसदीय दलको नेता बन्नुपर्ने देशको आवश्यकता हो,” खड्काले उमेदवारी दर्ता पनि देउवाका तर्फबाट बोल्ने क्रममा भनेका छन् । 

अहिले भने देउवा आफ्नै महामन्त्री गगन थापासँग प्रतिष्पर्धामा उत्रिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement