site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवनिर्वाचित सांसदलाई देउवाको निर्देशन– संसद्मा प्रभावकारी भूमिका खेल्नू
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने बताए । कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनले बताए ।

त्यस्तै, कांग्रेस नेता शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए । 

Global Ime bank

कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । आफू संसदीय दलका नेताको दाबेदार नभएको र आफूले पार्टी सभापति देउवालाई पूर्णरुपमा समर्थन गर्ने उनले बताए ।

प्रधानमन्त्रीका विषयमा गठबन्धनभित्र अन्य दलले दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ । निधिले प्रधानमन्त्री दलको कारणले गठबन्धन तोडिने कुनै सम्भावना नरहेको धारणा राखे ।

प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC